यी हुन् आँखा स्वस्थ राख्ने खानेकुरा

उमेर बढ्दै जाँदा वा अन्य बाहिरी प्रभावले क्रमशः आँखाको दृष्टि घट्दै जान्छ । उमेरसँग सम्बन्धित आँखाको समस्याबारे गरिएको एक अध्ययनअनुसार आँखा तेजिलो बनाउन निम्न खानेकुरा खान आवश्यक छ । जसको नियमित सेवनले करिब २५ प्रतिशत दृष्टिको समस्या हटाउन सकिन्छ ।

माछा
माछा ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत हो । माछामा पाइने तेल आँखाका लागि निकै फाइदाजनक मानिन्छ । साल्मोन, टुना, म्याकरेल, ट्राउट, साड्रिनेस र हेरिङ नामक जातका माछा दृष्टिका लागि बढी उपयोगी हुन्छन् । कम्प्युटरमा काम गर्दा आँखा सुक्खा हुने समस्याका लागि पनि माछा खान उपयोगी हुन्छ ।

नट्स
नट्समा भिटामिन ई उच्च मात्रामा पाइन्छ । साथै, यिनमा ओमेगा–३ फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइने भएकाले आँखासँग सम्बन्धित क्षतिबाट जोगाउँछ । ओखर, काजु, किसमिस, बदाम, दाल तथा गेडागुडी दृष्टि बढाउने मुख्य खाद्यपदार्थ हुन् ।

हरिया सागसब्जी
पालुंगो, रायो, कोभी र बन्दाकोभीजस्ता हरिया सागपातमा जेक्ज्यान्थिन र लुटेइनजस्ता पौष्टिक तत्व पाइन्छ । त्यसैले, यिनको सेवनले आँखाको दृष्टि तेजिलो बन्छ ।

अमिला फलफूल
अमिला फलमा भिटामिन सी पाइन्छ । जसले उमेरसँगै आँखामा बढ्दै जाने समस्याबाट टाढा रहन मद्दत गर्छन् । सुन्तला, अंगुर र कागती आदि यसमा मुख्य स्रोत हुन् ।

गाँजर
गाँजरमा भिटामिन ए र बिटाक्यानिन पाइन्छ । भिटामिन एले रोडोप्सिन नामक प्रोटिन बनाउँछ । जसले आँखाको रेटिना स्वस्थ राख्न मद्दत गर्छ ।

आलु
आलुमा बिटाक्यारोटिन, एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइने भएकाले दृष्टिका लागि लाभदायी मानिन्छ ।

बिउ
हरेक फलफूलका बिउ आँखाका लागि स्वस्थकर हुन्छन् । त्यसमा पनि स्याउ, फर्सी, सुन्तला र साल्भिया आदि फलफूलका बिउ बढी स्वस्थकर मानिन्छन् ।

अन्डा
अन्डा भिटामिन सी र ईको राम्रो स्रोत हो । त्यस्तै, यसमा जेक्ज्यान्थिन र लुटेइन नामक तत्व पाइन्छन्, जसले आँखामा आउने कमजोरी न्यूनीकरण गर्छन् ।

पानी
प्रशस्त पानी पिएमा आँखामा सुक्खापनको समस्याबाट बच्न सकिन्छ ।





error: Content is protected !!