मन्त्री भेट्न जाँदै गर्दा बालुवाटारबाट पक्राउ परे विप्लवका नेता कार्की

काठमाण्डौँ ः प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक उच्च नेतालाई पक्राउ गरेको छ ।
प्रहरीले राजधानीको बालुवाटारबाट सो पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्रेको हो । कार्की उक्त पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत थिए । कार्की बालुवाटारको एक रेष्टुरेण्टमा एक पत्रकारकर्मीलाई अन्तर्वार्ता दिँदादिँदै मंगलबार पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

स्रोतले बताएअनुसार कार्कीले अन्तर्वार्ता सकिएपछि आफू नेकपाका मन्त्रीसमेत रहेका नेकपाका एक स्थायी समिति सदस्यलाई भेट्न जान लागेको बताएका थिए । ‘मोटिभेसनल स्पिकर’ कार्की केही समयअघि विप्लव नेकपाका प्रवेश गरेका थिए ।उनको घर जाजरकोट रहेको छ । सत्ताधारी दल नेकपाबाट विप्लव नेकपमा केही महिना अघि प्रवेश गरेका थिए । फेसवुक मार्फत कडा टिप्पणी गदै आएका कार्की अन्तराष्टिय स्तरका अभियान्ता पनि हुँन् ।





error: Content is protected !!