डोल्पामा धान दिवस

डोल्पा ः डोल्पामा धान दिवस मनाइएको छ। असार लागेसँगै डोल्पाको ठुलीभेरी नगरपालिका ७ मोतिपूरमा धान दिवस मनाइएको हो। कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न ठाउँमा मनाउँदै आएको धान दिवस यस वर्ष मोतिपुरमा मनाइएको हो। हिलोभित्र चुर्लुम्म डुबेर जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले धान रोपेर कार्यक्रम उद्घाटन गरे।

रोपहारसँग रमाउदै जिल्लाका सरोकारवाला निकायले धान रोपेका थिए। हिलो खेल्दै कृषकसँग सानासाना आलिमा रमाउँदै धान दिवस मनाइएको कृषि ज्ञान केन्द्र डोल्पाका प्रमुख भीमबहादुर धरालाले बताए।

जिल्लाको दुनै, जुफाल, मोतिपुर, त्रिपुराकोट, कालिकालगायतका क्षेत्रमा न्यून रुपमा लगाइने धान डोल्पामा जेठको दोस्रो सातादेखि नै रोप्ने गरिन्छ। कृषकलाई हौसाला दिने हिसाबले कृषि ज्ञान केन्द्रले कृषकका खेतखेतमा पुगेर नै धान दिवस मनाउने र अर्गानिक खेतीमा लाग्न जागरुक गराउन थालेको हो।

धेरै सिचाईं गरेर मात्रै मानु छरेर मुरी फलाउने कृषक सिचाईंको समस्याले खेतमा आकाशे पानीको भरमा पर्ने गरेको स्थानीय इन्द्रबहादुर कठायतले बताए।





error: Content is protected !!