जाजरकोट–डोल्पा सडक अन्तर्गत ३ किमि सडक बिस्तार गरिने

?

डोल्पा– जाजरकोट– डोल्पा सडक अन्तर्गत पर्ने छलगाडदेखि त्रिपुराकोट बगरबजारसम्मको ३ किमि सडकको बिस्तार तथा स्तरउन्नती गरिने भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका कोट बजारमा पर्ने छलगाड सिमदेखि कोट बजारसम्म हाल निर्माण गरिएको सडक साँघुरो भएको गुनासो बढ्न थालेपछि जाजरकोट डोल्पा सडक निर्माण कार्यदल र नगरपालिकाको समन्वयमा उक्त सडक बिस्तार तथा स्तरउन्नती गरिन थालिएको हो।

सिमदेखि कोटबगर बजारमा मानिसहरुले सडक अतिक्रमित गरि घरटहरा बनाउन थालेपछि स्थानीय बुद्दिजीवी तथा नागरिक समाजले चर्को विरोध गर्दै आएका थिए।

त्रिपुराकोट सिखदेखि बगरबजार लाइनमा हाल निर्माण गरिएको ४ किमि सडक बिस्तार गरेर ८ किमि चौडा बनाइने र बजारलाइन क्षेत्रमा पर्ने सडकको दुबैतर्फ नाली तथा ढल निर्माण गरि सडकलाई ग्राभेल गरिने भएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा जाजरकोट डोल्पा सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडी कोटबजार क्षेत्रमा रहेका ब्यापारी र घरधनीहरुको संयुक्त बैठकले सडक बिस्तार तथा स्तरउन्नती गर्ने निर्णय गरेको हो।

त्रिपुराकोटबगर बजार क्षेत्रमा पर्ने सडक घर धनीहरुको अटेरीका कारण बिस्तार हुन नसकेर साँघुरो भएकाले बजार क्षेत्रमा सडक दुर्घटनासमेत हुने गरेको र मानिसहरुलाईसमेत हिड्न समस्या पर्ने गरेकोले सडक अतिक्रमित गरि बनाइएका घरटहरा पनि भत्काइने र ढल निकास तथा नाली निर्माण गरि सडकलाई धुलोमुक्त बनाउन गा्रभेल समेत गरिने नगरपालिका मेयर ओमबहादुर बुढाले बताए।

सडक अतिक्रमित गरि बनाइएका घरधनीहरुलाई १५ दिने सुचना प्रकाशित गरि आआफ्ना टहरा हटाउन र घर खाली गरि सडक बिस्तार कार्यलाई सहयोग गर्न आग्रह गरिने र नगरपालिकाको सुचनालाई अटेर गरेमा कारवाही गरिने निर्णय भएको नगरपालिकाका सुब्बा जयसंकर धितालले बताए।

नेपाली सेनाको जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णनेल बिश्वबन्धु पहाडीले आफुहरुको काम सडकको ट्रयाक खोल्ने भएको र निर्धारित समयमा सडकको ट्रयाक खोलि सकिएको बताए।

तर भएपनि नगरपालिकाको आग्रहमा नेपाली सेनाले सडकलाई बिस्तार गर्ने र त्यसपछि सँगसँगै नगरपालिकाले ग्राभेलीङ्ग र नाली निर्माणको कामलाइ शुरु गर्ने सहमति भएको पहाडीले जानकारी दिए। नेपाली सेनाको जाजरकोट डोल्पा सडक निर्माण र्कादलका प्राविधिक र नगरपालिकाका प्राविधिकहरुले बजार क्षेत्रमा बिस्तार गरिनु पर्ने सडकको नापजाँच लिने कार्य समेत शुरु गरेका छन्।





error: Content is protected !!