नरेन्द्र मोदीले मन्त्रीहरुलाई भने ः ट्विट गर्नुअघि सोच विचार गर्नु

एजेन्सी , नयाँ दिल्ली
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रिपरिषदका सदस्यहरुलाई बोल्नु र ट्विट गर्नुअघि सोच विचार गर्न निर्देशन दिएका छन् । दोस्रोपटक प्रधानमन्त्री चुनिएका मोदीले बुधबार मन्त्रिपरिषदको पहिलो बैठकमा यस्तो निर्देशन दिएका हुन् ।

‘कसै कसैलाई हरेक दिन देशवासीलाई सन्देश दिने आदत लागेको छ । तर कुनै पनि कार्यक्रमको घोषणा गर्नुअघि पर्याप्त गृहकार्य गर्नुहोला,’ उनले भने । मोदीले सबै मन्त्रीलाई कडा अनुशासनमा रहनसमेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री मोदीले घरबाट काम गर्ने आदत बदलेर साढे ९ बजे नै अफिस पुग्नसमेत मन्त्रीहरुलाई निर्देशन दिएका छन् । ‘यसो गर्दा अरु कर्मचारीका लागि पनि उदाहरण स्थापित हुन्छ,’ उनको भनाई छ ।