जाजरकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

जाजरकोट ः जाजरकोटको शिवालय गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। उक्त कार्यक्रमबाट गाउँपालिकामा पर्ने मोर्कखोलामा कजवय निर्माण योजनाको शुभारम्भ गरेर कार्यक्रमको सुरुआत गरिएको हो।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही र नेपाली कांग्रेसका जिल्ला सचिव खडक विसीले संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गरेका हुन्।प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने शिवालय जिल्लाको पहिलो गाउँपालिका भएको छ। नेपाल सरकारले वेरोजगारलाई रोजगार गराउने उद्देश्यले संचालन गरेको कार्यक्रमको शिवालय गाउँपालिका १ र २ मा पर्ने मोर्क खोलाको कजवय निर्माणको कामबाट सुरु गरेको छ।

ठेकेदारको लापरवाहीले यस खोलामा निर्माणधिन मोटरेबल पुल अलपत्र छ। वर्षात्मा गाडी चलाउन कजवय निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।शिवालय गाउँपालिकाका वडा कार्यालयले दिएको गरिबको तथ्याङ्कका आधारमा गाउँपालिकाले अति विपन्न वेरोजगार युवा युवती छनौट गरी उनीहरु समेटिने गरी आठवटा अति आवश्यक योजनाको काम सुरु गरेको छ।

आर्थिक वर्ष समाप्त हुन लाग्दा आएको बजेटबाट वडा नं।१ का १५ र वडा नं। २ का १५ जनालाई रोजगार दिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले बताए।उक्त रोजगार कार्यक्रमबाट शिवालय ९वटै वडाका गाउँपालिकाका १ सय ७४ जना युवा युवतीहरु समेटेर रोजगारको अवसर सिर्जना गरिने उनले बताए।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई छनौट गरी स्वरोजगार बनाउनका लागि यो कार्यक्रम संचालनमा आएको रोजगार संयोजक प्रकास पौडेलले बताए। छनौट भएका वेरोजगारले प्रत्येक दिन ८ घण्टा विकास निर्माणका काममा संलग्न हुनुपर्ने उनको भनाई छ।

नेपाल सरकारले अति विपन्न, अति गरिब र आर्थिक अवस्था कमजोर भएका युवा युवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिने लक्ष्य कार्यक्रमको रहेको छ।





error: Content is protected !!