होला त जुम्लामा एमडीजीपी को पढाइ

जुम्ला ः जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी इन जनरल प्राक्टिस( एमडीजीपी) को पढाइ सञ्चालन गर्ने काम अगाडि बढेको छ। हाल प्रतिष्ठानमा उच्च शिक्षातर्फ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ब्याचलर मिडवाफ्री, ब्याचलर पब्लिक हेल्थ पढाई भइरहेको भए पनि चिकित्सा विज्ञान तर्फको एमडी इन जनरल प्राक्टिस पढाइ हुन सकेको थिएन।

प्रतिष्ठानमा एमडी इन जनरल प्राक्टिस पढाइको लागि अनुमति दिनको लागि प्रतिष्ठानको भौतिक तथा प्राविधिक संरचना विरामीको संख्या लगायतको अध्ययनको लागि भर्खरै नेपाल मेडिकल काउन्सिलको एक टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्थलगत निरीक्षण ९इन्सपेक्सन० गरेको थियो। विज्ञ टोलीले निरिक्षण गरेर फर्किएको नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा दिलिप शर्माले जानाकारी दिए। सकेसम्म मापदण्ड पुगेको अवस्थामा यही शैक्षिकसत्र बाटै प्रतिष्ठानमा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजीपी पढाइ सञ्चालन गर्न स्वीकृति दिने तरिकाले काम अघि बढेको काउन्सिलका रजिट्रार शर्माले बताए। उनले भने,‘भर्खरै हाम्रो टोली प्रतिष्ठानको स्थलगत अनुगमन गरेर फर्किएको छ। अब उनीहरूले दिने रिपोर्टको आधारमा एमडीजीपीका लागि स्वीकृति दिने छ। स्वीकृति नदिने वा दिने भए कति सिट दिने भन्ने निर्णय हुने छ।‘ काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि एमडीजीपी कार्यक्रम चलाउने चासो देखाएको थियो। सिटका लागि नै आग्रह गरिसकेपछि निरीक्षणका लागि विज्ञ टोली जुम्ला खटाइएको बताए। उनले भने, ‘उसले त्यहाँ विरामीदेखि पढाउनका लागि चाहिने दक्ष जनशक्तिसम्मको विवरण हेर्छ। ठिक छ भन्ने लागेमा थप प्रक्रिया अघि बढ्छ।

कक्षा सञ्चालन गर्न दिन सकिदैन भन्ने लागेमा प्रक्रिया यहीबाट टुंगिन्छ।‘ उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासन प्रमुख अमृत देवकोटाले काउन्सिलको पछिल्लो निर्णयले जुम्लामा एमडीजीपी कक्षा सञ्चालन गर्ने योजना एक कदम अघि बढेको बताए। उनले भने ‘काउन्सिलको टोली निरीक्षणका लागि जुम्ला जानु सुखद शुरुवात हो। आशा गरौँ टोलीले सिटका लागि सिफारिस गर्नेछ।‘ उनले प्रतिष्ठानमा एमडीजीपीका लागि पूर्वाधार समेत तयारी भइरहेको जानकारी दिए। जुम्लास्थित प्रतिष्ठानमा अहिले उच्च शिक्षा तर्फ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ब्याचलर मिडवाफ्री, ब्याचलर पब्लिक हेल्थ पढाई भइरहेको छ। यस्तै काउन्सिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा शिक्षामा पोष्ट ग्याजुएट्स ९पिजी० तहका विभिन्न विषयमा अध्यापन गराउने निवेदन दिएको थियो। अध्यापन गराउन पाउँ भन्दै सिट मागेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षणका लागि नेपाल मेडिकल काउन्सिलले विज्ञ टोलीले अध्यन गरेर फर्किएको छ। प्रतिष्ठानले गाइने अब्सटेटिभ्स, अर्थोपेडिक सर्जरी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन मागेको सिटका बारेमा विज्ञ टोलीले दिएको रिपोर्टका निर्णय हुने छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीजी कार्यक्रम चलाउन पाउने वा नपाउने भन्ने निर्णय काउन्सिलको पूर्ण बैठकले गर्ने काउन्सिलका रजिष्ट्रार डा शर्माले बताए। ‘दुवै ठाउँमा एमडिजिपि र पिजीको पढाइ सञ्चालन गर्न दिने नदिने स्थलगत रिपोटसहित बोर्ड मिटिङ चाँडै बस्दै छ। मिटिङले निर्णय गर्ने छ। अब एक हप्तामा सबै कुरा फाइनल हुन्छ।‘ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरित हुनु अघि सो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकको रुपमा सेवा दिइरहेको थियो।





error: Content is protected !!