डोल्पामा टेलिफोन सेवा अवरुद्ध

डोल्पा ः गएराती देखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा अझै सुचारु हुँन सकेको छैन ।

 

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका – २ लईटी डाडाँमा रहेको रिपिटर टावरमा खरावी आएपछि गएराती देखि डोल्पाको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका बिभिन्न ठाउँमा रहेका टावरमा रिले गरिदै आएको थियो ।

अहिले सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा विच्छेद भएको छ । सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोलि लईटे डाडाँमा रहेको टावरमा आएको खरावी पत्ता लगाउने हिडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।
महिना दिन भित्र डोल्पामा २ पटक टावरमा समस्य आएपछि फोन सेवा अवरुद्ध भईसकेको छ । फोन सेवा अवरुद्ध भएपछि यहाँका सवै ठाउँमा सम्पर्क गर्न समस्य भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताउनुभयो ।
टावर भएको स्थानमा पुग्न मात्र ५ घण्टा लाग्ने भएकाले त्यहाँ के समस्य भएको हो पत्ता लगाएर मर्मत गर्दा सम्म समय लाग्ने टेलिकमले जनाएको छ ।





error: Content is protected !!