वन्यजन्तु अवराध नियन्त्रण गर्न दुई देश बीच छिटै वैठक गरिने

सुकमाया थापा
डोल्पा ः वन्यजन्तु तथा जडीवुटीको चोरी निकासी हुँन नदिन नेपाल र चीन सरकार बीच सिमा वैठकका लागि पहल गर्ने भएको छ ।
दुवै देशका सुरक्षा अधिकारी बीच सिमामा वैठक गरी चोरी ,निकासी तथा पैठारी लगाएका कार्यहरु नियन्त्रण गर्न सजिलो होस भनि वैठकको प्रस्ताव गर्ने निर्णय भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।
उपल्लो डोल्पामा चीन सँग खुल्ला नाँका नभएकाले , आउदो सावनमा तिव्वतमा हुँने व्यापार मेलाका लागि दुई महिना सिमा खुल्ला हुँने भएकाले दुई देशको वैठक गर्ने निर्णय गरिएको हो । सावन महिनामा चीन र उपल्लो डोल्पाको व्यापारका लागि दुई महिना व्यापार मेलाका लागि सिमा खुल्ला हुँदै आएको छ ।
आज वन्यजन्तु अपराध नियन्त्रण ईकाइको वैठकले अवैद्य गतिविधी नियन्त्रण गर्नका लागि वैठकको पहल गर्ने निर्णय गरेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका निमित प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । उपल्लो डोल्पामा हिउँ चितुवा, कस्तुरी लगाएतका वन्यजन्तु पाईने भएकाले खुल्ला सिमाना नभएपनि चोरी निकासी अत्यधिक हुँने हुँदा सो नियन्त्रण गर्न वैठकको महसुस गरिएको छ । उपल्लो डोल्पामा बहुमुल्य जडीवुटी , वन्यजन्तु लगायत अत्यधिक मात्रामा पाईने गर्दछ ।नेपाल र चीनको सिमाना खुल्ला नभएर पनि यो ठाउँमा चोरी निकासी हुँने भएकाले सो नियन्त्रण गर्न जरुरी भएको प्रजिअ केसरीले बताउनुभयो ।
जिल्लाका बिभिन्न पाटनहरुमा यार्सागुम्वा संकलनकत्र्ताबाट वन्य जन्तुको चोरी निकासी ,सिकार तथा मानव हत्य एवं लुटपाट लगाएका घटना हुँन सक्ने भन्दै बिभिन्न प्रमुख नाकाहरुमा गस्ती समेत गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालय दुनै ,जुफाल विमानस्थल , जाजरकोट ,रुकुम र जाजरकोटको सिमाना त्रिवेणीमा गस्ती गरिने भएको छ । त्यस्तै शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज, सुलिगार्ड, त्रिपुराकोट , शे फोकसुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन बन कार्यालय अन्तरर्गत पर्ने सामुदायिक वनमा समेत वन समुह सँग मिलेर गस्ती हुँने भएको छ ।
वैठकमा जिल्ला जिल्ला अधिकारी मुकेश केसरीले अवरोध नियन्त्रण र जनधनको क्षेति हुँन नदिन सवै सँग सहकार्य गरेर शान्ति सुरक्षा दिईने बताउनुभयो ।





error: Content is protected !!