प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यक्रम अझै सुरु भएन्

जाजरकोट , २८ जेठ ः प्रधानमन्त्री रोजगार कार्यक्रम जाजरकोटका ६ वटा स्थानीय तहमा अझै लागु हुँन सकेको छैन् । प्रत्येक वडाबाट वेरोजगारहरुको लिष्ट संकलनको कार्य पुरा नभएपछि रोजगार कार्यक्रम सुरु हुँन नसकेको हो ।
चालु आर्थिक वर्ष सकिन लाग्दा सम्म जाजरकोटमा रोजगारीका लागि आवेदन दिएका यूवाहरुको नाम छनोट हुन नसक्दा कार्यक्रम गर्न ढिला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बाट जाजरकोटमा बेरोजगारलाई रोजगारी उपलव्ध गराउने भन्दै प्रत्येक स्थानीय तहमा ६ लाख देखि १ करोड सम्म रकम निकासा गरेपनि कार्यक्रम भने अगाडी बढ्न सकेको छैन् । अहिले भेरी नगरपालिकाले प्रत्येक वडाबाट बेरोजगार फारम भरेको युवाहरुलाई छनोट गरेर पठाउने काम सुरु भएको निर्मित प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार भवण निर्माण , खानेपानी निर्माण, सडक निर्माण गरी अधिकांश निर्माणका काम हुँने छन् । निर्देशक समितिको बैठकले निर्णय गरेर प्रत्येक वडामा बेरोजगार फार्म भरेका यूवाहरुलाई छनोट गर्न निर्देशन दिईसकेको छ ।
नलगाड नगरपालिकामा बेरोजगार फर्म भरेको यूवाहरु डोल्पामा यार्सागुम्वा संकलनका लागि गएकाले छनोटको काम रोकिएको छ । यार्सागुम्वा संकलन बाट यूवाहरु फर्केपछि कार्यापालिकाको बैठक बसेर छिटै काम सुरु हुँने रोजगार संयोजक टेकबहादुर ओलीले बताउनुभयो । कुशे गाउँपालिकामा रोजगार संयोजक पुर्णकला गैरे जेठ २६ गते कार्यालयको सम्पर्कमा आएका कारण काम ढिला हुँने भएको छ । अहिले बेरोजगारको डाटा राख्ने काम सुरु गर्न थालिएको छ । कुशे गाउँपालिका वडा ४ मा घाडेटो बाटो निर्माण र पुराना सडक मर्मतको काम गर्ने गरि योजना छनोट भएको कुशे गाउँपालिकाले जनाएको छ । कुशे गाउँपालिकामा बजेट आयो तर रोजगार संयोजक ढिला आएको कार्यालयले बताएको छ । १ हप्ता दिन पछि मात्र बेरोजगारले रोजगार पाउँने अवस्था रहेको छ । यता बारेकोट गाउँपालिकाले अवको हप्ता दिन भित्र काम थाल्ने गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए ।
योजना छनोटको काम भएकाले केही दिन भित्र पोशाक आईपुग्ने र सेपुखोलाबाट कामको सुरु हुँने छ । सडक तथा घाडेटो वाटो निर्माण गर्नका लागि योजना छनोट भएका छन् । रोजगार संयोजक नै नआएरका कारण जिल्लाको जुनिचाँदे गाउँपालिकामा काम गर्न समस्य परेको छ । गाउँपालिकाले आफ्नै पहलमा अहिले वडाबाट बेरोजगार फारम संकलन गर्ने काम गरेको तर योजना छनोटको काम अझै नभएको पार्ईएको छ । छेडागाड नगरपालिकामा पनि काम सुरु हुँन सकेको छैन् ।