मन्त्रीहरुद्वारा यसरी गरियो सरसफाई

काठमाण्डौँ ः  विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो ।

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गर्नुभएको सरसफाइ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा युवराज खतिवडा , पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री सत्य पहाडी सहभागी हुनुहुन्थ्यो । विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकोसमेत सरसफाइ अभियानमा सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसका अवसरमा यही जेठ २२ र २३ बाँकेको नेपालगञ्जमा वन मन्त्रालयले मूल कार्यक्रम आयोजना गरी सरोकारवालाको सहभागितामा वृहत अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । वन मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ ।





error: Content is protected !!