असार मसान्त भित्र दुनै सम्म सडक पुग्ने

सुकमाया थापा
२४, जेठ डोल्पा ः जाजरकोट – डोल्पा सडक खण्डको निर्माण कार्य असार मसान्त सम्म पुरा हुँने सेनाले बताएको छ ।
अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वगर सम्म मात्र निर्माण कार्य भएको यस सडकमा असार मसान्त सम्म ११८ किलोमिटर सडक निर्माण कार्य पुरा हुने नेपाली सेना निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले जानकारी दिनुभयो ।
वि सं २०६१ देखि सल्यानको सल्लीबजार देखि निर्माण कार्य सुरु गरिएको भेरी करिडोर करिव १५ वर्ष पछि डोल्पाको दुनै सम्म पुग्ने भएको छ । त्रिपुराकोट देखि दुनै सम्मको १४.३ किलोमिटर सडकलाई स्तरउन्नतीको काम सुरु भएको सेनाले बताएको छ । जाजरकोट – त्रिपुरोकोट वगर सम्मको सडकको ट्याक औपन भई मङसिर ४ गते नै उद्घाटन भईसकेको छ । बाँकी सडकको निर्माण कार्य असार मसान्त सम्म पुरा गरेर सडक विभागको जिम्म लगाउने तयारी भएको प्रमुख पहाडीले बताउनुभयो ।
सुँ पानी देखि दुनै सम्मको सडक जिल्ला विकास समिति डोल्पाले निर्माण गरेकाले सो सडक साँघुरो भएकोले अहिले सो सडक स्तरउन्नती सेनाले गर्न लागेको छ । यो सडक निर्माणको काम पुरा भएमा सडक खन्ने काम पुरा हुँने छ भने भेरी नदीमा १४ वटा पुल निर्माणको काम भने सुरु नै भएको छैन् ।
यस सडक खण्डमा पुल निर्माण नभए सम्म यहाँका सर्वसाधारणले दुख पाईरहने छन् । अहिले कच्ची सडक निर्माण भएकाले हलुका सवारी साधनहरु मात्र निर्माणधिन सडक खण्डमा सञ्चालनमा रहेका छन् । पुल निर्माणको काम पुरा नभए सम्म डोल्पामा सिधा यातायात सञ्चालन हुँने अवस्था नरहेको सांसद सत्य पहाडीले बताउनुभयो ।
अहिले दुनैबाट जाजरकोट १ दिनमा पुग्न सकिन्छ । कडा भु बनोट भएको जाजरकोट– डोल्पा सडक खण्डमा विस्फोटक पदार्थ विस्फोटन गराएर मात्र चट्टानहरु काटिएको थियो । अहिले जीपहरु मात्र सञ्चालन गरी ठाउँ , ठाउँमा यात्रुहरु झर्दै , अनि जीपमा यात्रा गरिरहेका छन् ।
४ वटा भन्दा बढी भेरी नदीमा ठुला पुलहरु निर्माण गर्न बाँकी रहेको छ । पुल निर्माण नभए सम्म पुर्ण रुपमा यातायात सञ्चालन हुँने अवस्था छैन् । वर्षायाममा ठाउँ , ठाउँमा पहिरो आउँदा यातायात सेवा अवरुद्ध हुँने गरेको छ ।
जाजरकोट खण्डमा मात्र ठुला दुई पुल निर्माण हुँन बाँकी रहेको छ । अहिले स्थानीय सरकारको पहलमा ठाउँ , ठाउँमा भत्किएका सडकहरु मर्मत गर्दै यातायात सुचारु हुँने गरेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।
दुनैबाट तेन्जे मरिम्ला हुँदै तिव्वत जोड्ने लक्ष्य राखिएको यो सडकमा अहिलेको वजेट भाषणमा पनि समेटिएको छ । यो सडक निर्माण कार्य पुरा भएमा डोल्पामा विकास गर्न सजिलो मात्र होईन् , चीन सँगको सम्वन्ध थप जोडिने छ । डोल्पाका गाउँ , गाउँमा आन्तरिक सडक निर्माणका लागि सहज हुँने देखिन्छ । उत्पादित बस्तुहरु बजारीकरण गर्न समेत टेवा पुग्ने छ ।
यातायात व्यवसायीले अहिले सिमित यातायातका साधनहरु सञ्चालन गर्न पाउँदा बढेको मनपरी घट्ने त्रिपुरोकाट नगरपालिका लिकुँका हिरालाल पहाडीले बताउनुभयो । अहिले कच्ची बाटोमा पुराना थोत्रा जीपहरु चलाउँदा दुर्घटनाको जोखिम बढेको छ ।
बीच ,बीचमा प्रहरी कार्यालय नहुँदा मनपरी तरिकाले यात्रुहरु ओर्सादा सास्ती भोग्नु परेको पहाडीले जानकारी दिनुभयो । अहिले निर्माणका सामग्रीहरु लिन समस्य हुँदा डोल्पामा भौतिक संरचना निर्माणमा गति लिन सकेको छैन् । सामग्रीको मुल्य भन्दा भाडा बढी लाग्दा हैरान भएको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् ।





error: Content is protected !!