यसरी घटाउन सकिन्छ पेट

पेटमा बोसो भरिन थालेपछि शरीर भद्दा देखिने मात्र नभई यसले स्वास्थ्यमा समेत असर गरिरहेको हुन्छ । तसर्थ, पेटमा जमेको बोसो घटाउन अनिवार्य छ । अब जानौँ पेट घटाउने उपायबारे

शरीरलाई चाहिने आवश्यक क्यालोरी जसलाई मेटाबोलिक रेट भनिन्छ, त्यो आवश्यक मात्रा मात्र लिनुपर्छ । मानिसको जीवनशैलीका आधारमा शरीरलाई चाहिने आवश्यक क्यालोरी पत्ता लगाउन सकिन्छ । जस्तै, शारीरिक रूपमा बढी नै सक्रिय रहने मानिसले बढी क्यलोरीयुक्त खाना र कम सक्रियले कम क्यालोरीयुक्त खाना खानुपर्छ । जसले गर्दा शरीर सन्तुलनमा ल्याउन सकिन्छ ।
खानामा फाइबरको मात्रा अनिवार्य समावेश गर्नुपर्छ । जसले आन्द्रालाई स्वस्थ राख्नुका साथै पेट भरिएको महसुस गराएर तौल घटाउन सहयोग गर्छ ।
मासु वा बोसोजन्य पदार्थको सेवन एकदमै कम गर्नुपर्छ । बरु यसको सट्टामा शाकाहारी भोजनमा जोड दिनुपर्छ । बिहान कागतीपानीको सेवन गरेर तौल नियन्त्रण गर्न सकिन्छ ।
प्रशस्त मात्रामा पानी पिउनुहोस् । नियमित पानी पिउँदा पाचन प्रणाली सन्तुलित हुन्छ । साथै, शरीरमा रहेका बिषाक्त वस्तुलाई समेत पानीले बाहिर निकाल्छ ।
नियमित कार्डियो व्यायाम गर्नुपर्छ । यसले स्वास्थ्यलाई फाइदा गर्ने त छँदै छ, साथै यो क्यालोरी घटाउने राम्रो उपाय हो । यसबाहेक नियमित क्रसफिट, जुम्बा डान्स, दौड र योगा आदि एक्सरसाइज गर्न सकिन्छ ।





error: Content is protected !!