६ महिनादेखि ७ वटा टावरको सामग्री सदरमुकाममा अलपत्र

हेमन्त केसी
काठमाण्डौँ ः जिएसएम प्रविधिको नमस्तेको टावर समयमै निर्माण नहुँदा जाजरकोटवासी समस्य परेका छन् ।
जिल्लाका विभिन्न ठाउँमा निर्माण गर्ने भनि सदरमुकाम सम्म ढुवानी गरि ल्याइएका नमस्तेको टावर सदरमुकाममा अलपत्र अवस्थामा भएपनि निर्माण कम्पनीको चासो देखाएको छैन् । डाडागाउँ, मजकोट, नायकवाडा, पैँक , सेरी , साल्मा र सक्लामा निर्माण गर्ने भनिएका टावर अलपत्र परेका हुन् ।
सदरमुकाममाको शान्तिचौतारामा गत पुस ३ गते नेपालगन्जबाट ढुवानी गरि ल्याईएको टावरका सामग्रीहरु निर्माणको जिम्मा लिएको कम्पनीले ढुवानी गरि गाउँमा नलिदा टावर निर्माणमा ढिलाई भएको हो । स्टार नेपाल प्रालिले जाजरकोटमा टावर निर्माणका लागि ठेक्का लिएको छ । टावर निर्माणको जिम्मावारी पाएपनि अप्ठयारो भुभाग भएकाले टावरका सामग्री ढुवानीम समस्य परेको कम्पनीका भोजराज बढुले बताउनुभयो । निर्माण कम्पनीले कम मुल्यमा सामग्री ढुवानी गर्न खोजेपछि टावरका सामग्री सदरमुकाम स्थित शान्ति चौतारीमा थन्किएका हुँन् ।


सदरमुकामबाट गाउँ , गाउँमा लिनका लागि तौल र दुरीका हिसावले धेरै लाग्ने भएपनि कम मुल्यमा ढुवानी गराउन खोज्दा सदरमुकाममा टावरका सामग्री थन्कियको कुशे गाउँपालिकाका पैँकका विकास रोकायले बताउनुभयो , “ हामीलाई कम मुल्यमा टावरका सामग्री बोकाउन खोजिएको छ , तर कम मुल्यमा कसले गर्छ र ? लागेको दरमा वोकाउन नमान्ने तर नाफा मात्र खोज्दा समस्य भएको हो । ” सदरमुकाममा आएको सामग्री गाउँमा समयमै ढुवानी गरि लिएको भए अहिले सम्म टावर सञ्चालनमा आईसक्ने रोकायको भनाई छ ।
आफुले नेपालगन्जबाट जाजरकोट सदरमुकाम सम्म निः शुल्क टावरका सामग्री ढुवानी गरि लिएको तर अहिले सम्म पैसा नपाएको उहाँले बताउनुभयो । वन तथा वातावरण मन्त्रीशक्तिबहादुर बस्नेतले चुनावमा जाजरकोटका सवै ठाउँमा टावर निर्माण हुँने चुनावी एजेण्डा कार्यन्वय गराउन तत्काल वोलपत्र आवह्वान गराउन लगाएर काम सञ्चालन गर्न निर्देशन दिएपनि निर्माण कम्पनीको लापरवाहीका कारण काम गतिमा जान सकेको छ्रैन ।
ढुवानी भाडाको कुरा नमिल्दा टावरका सामग्री निर्माण स्थलमा लिन नसकिएको बताउने निर्माण कम्पनीले नाफाका लागि मात्र काम गर्दा समस्य भएको स्थानीयवासीको आरोप छ । निर्माण कम्पनीको ढिला सुस्तीले गर्दा जाजरकोट जनताले समयमै फोन सेवा पाउन सकेका छैन्न । जिल्लाका टेलिफोनको पहुँच नहुँदा दैनिक समस्य भोग्दै आएका स्थानीयवासीले दैनिक आक्रोष व्यक्त गर्दै आएका छन् ।
अहिले जिल्लामा भएका टेलिफोन टावरमा सोलार व्यट्रिले काम नगर्दा आधा दिन मात्र सञ्चालन हुँने गरेका छन् । नयाँ निर्माण गर्ने भनिएका टावरहरु समयमै निर्माण नहुँनु र पुरानाको मर्मत नहुँनुले जिल्लाको टेलिफोन सेवा भगवानको भरोसामा भएको स्थानीयवासी बताउँछन् ।
सरोकारवालको ताकेता कम हुदा निर्माणको जिम्म लिएका कम्पनीले दैनिक ढिला सुस्ती हुँने गरेको छ । जुनिचाँदे गाउँपालिकाको मजकोट , नलगाड नगरपालिकाको लहँ , डाडागाउँमा टावर निर्माण्का लागि जग मात्र खनिएको छ । त्यस्तै नलगाडकै हल्चौर गरायलामा आधा निर्माण भएको टावर बीचमै अलपत्र परेको छ । यत्ता जाजरकोट टेलिकमलाई टावर निर्माणको काम कहाँ र कुन ठाउँमा भईरहेको छ भन्ने चाँसो समेत नभएको स्थानीयवासीको आरोप छ । अग्ला डाडा, रुख र घण्टौ हिडेर फोन गर्न बाध्य भएका स्थानीय र स्थानीय सरकारका प्रमुखहरु आक्रोष व्यक्त गर्दै आएका छन् ।





error: Content is protected !!