शिक्षकले नपढाउँदा विद्यार्थीहरु विद्यालय छाड्दै

सुकमाया थापा

डोल्पा , ४ वैशाख ः त्रिपुरासुन्दरी नगरपालिका– १ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभुत विद्यालयमा शिक्षकको दरवन्दी ६ जनाको रहेको छ तर विद्यालय भने ३ जना शिक्षकले चलाउदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र उहाँकी श्रीमती छोराको विहे भन्दै विदामा बसेको विद्यालय व्यवस्थापन समितिले वताएको  छ । अर्का शिक्षक चन्द्ररुपा थापा फागुन देखि अहिले सम्म विद्यालयमा पाईला टेकेका छैन्न ।
थापाले अघेल्लो वर्ष समेत ८ महिना विद्यालयमा नआएर तलव खाएको स्थानीयले बताएका छन् । कोही विदाको निउँ बनाउदै विद्यालयमा छैन्न भने कोही महिनौ देखि विद्यालयको सम्पर्कमा नहुँदा दैनिक शैक्षिक गतिविधी गर्न मुस्किल भएको विद्यालयले जनाएको छ ।
विद्यालयमा नियमित पढाई नहुँदा र शिक्षकको बेवास्थाको सिकार हुँदा यहाँ पढ्ने विद्यार्थीहरु नजिकै रहेको त्रिपुराकोट मावि मदुमा गएर पढन् वाध्य भएको बताएका छन् । यसरी बारबार शिक्षकले अटेर गरेकोले समस्य आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्न नेवारले बताउनुभयो । प्रधानाध्यापक र उहाँको श्रीमती सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
बिद्यालयमा नपढाउने शिक्षकलाई तलव कसरी दिईन्छ त ? त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख प्रमुख ओमबहादुर बुढाले प्रक्रिया बद्ध रुपमा विद्यालय र वडा कार्यालय बाट सूचना सहित प्रमाण पेश गरेमा तत्काल त्यस्ता शिक्षकहरुको तलब रोक्ने बताउुनु भयो ।
स्थानीय सरकार गठन भएसँगै स्थानीय सरकारले सवै हेर्दै आएकाले थाहा नभएको शिक्षा बिकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताउनुभयो ।





error: Content is protected !!