रिन्पुले डाँडामा नमस्तेको टावर सञ्चालन

सुकमाया थापा
डोल्पा ः ठुलिभेरी नगरपालिका वडा नं ६ थरगाउँको रिन्पुले डाँडामा बैशाख ९ गते जडान गरीएको नमस्तेको टावर को आज उद्घाटन गरिएको छ । हातहातमा मोबाइल, घरघरमा इन्टरनेट भन्ने मुल नाराका साथ नेपाल टेलिकमले निर्माण गरिएको नमस्ते प्रविधिको मोवाइलको विटिएस टावर निर्माण गरी सञ्चालनमा ल्याईएको ठुलिभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।
नेट र इन्टरनेट मार्फत विश्व जगतमा के भइरहेको छ भन्नेकुराहरु घरमै बसेर तत्काल सुन्न, हेर्न र पढ्न मिल्ने सेवा र सुविधाहरु आज नमस्ते मोवाइलको टावर निर्माण भै उद्घाटन भएपछि थर्गाउ, दुर्गाउ काँडाताली, माझफाल, लाहारा, हुँ, रह, परिला, रसी लगायतका विभिन्न गाउँका स्थानीयहरुमा खुसि छाएको छ ।

नमस्तेको टावर सुरु भएपछि दैनिक सूचना आफनो घरमै बसेर थाहाँ पाउन सक्ने भएकाले स्थानीयहरुको मुहारमा खुसी देखिएको र यसले स्थानीयहरुमा निकै सहयोग पुग्ने ठुलिभेरी नगरपालिका ६ का वडा अध्यक्ष धर्मलाल बुढाले बताउनु भयो ।

केहि समय अगाडी नै निर्माण हुने भनिएको उक्त टावर प्राविधिक समस्या, पुषमाघको अत्यधिक हिम्पात, चिसो र हवाइ यातायातमा सामगैी ढुवानी गरी ल्याउन कठिन परेकाले निर्माण कार्यमा ढिलो भएको स्थानीय युवा योगेन्द्र बुढाले बताए ।
बैशाख ९ गते जडान गरीएको नमस्ते टावर आज उत्घाटन हुँदा स्थानीय जनताहरुले सञ्चारमा सेवा सुविधा दिने नमस्ते टावरको उद्घाटन गर्न पाउदा आफु अत्यन्तै खुसि भएको ठुलिभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनु भयो ।





error: Content is protected !!