Hemanta KC May 15, 2019

नेत्र शाही ÷जुम्ला,
सिञ्जा जेठ १ गते । कर्णाली प्रदेश सरकारले पर्यटन व्यवसाय प्रवर्धनका सिञ्जा स्थानका दुई स्थानमा होमस्टे सञ्चालन हुने भएकोछ ।
यहाँको नाग्म गमगडि राजमार्ग (रारा सिञ्जा मार्ग) अन्तरगत बड्की र कनकासुन्दरी गाँउपालिका १ बोतामालिकामा पर्यटन व्यवसायका लागि कर्णाली प्रदेश सरकारले होमस्टे संचालन प्रक्रिया अगाडि बढाएको हो ।
विशेषगरी रारा सिञ्जामा आउने पर्यटकहरुको सुविधायुक्त बसाईलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकार पर्यटन मन्त्रालयको सहयोगमा हामेस्टे कार्यक्रम सिञ्जाका दुईस्थानमा सम्झौता भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय जु्म्लाका प्रमुख शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सिञ्जा क्षेत्रको हिमागाउँपालिका बड्की र बोतामालिका गाउँमा रु २५ लाखको दरले सम्झौता भएको छ ।

यसैगरी तातोपानी गाउँपालिकाको ऐरेनी र तातोपानीमा गरी चार ठाउँमा जुम्लामा होमस्टे सञ्चालनका लागि बजेट व्यवस्था भएको कार्यालयले जनाएको छ । राजमार्गमा होमस्टे संचालनका लागि शुरुमा ९ सदस्यीय होमस्टे व्यवस्थापन समिति छनौट भई प्रक्रिया अगाडि बढेको र नियमानुसार अनुसार अन्य सदस्य पनि थप गर्नसकिने बड्की होमस्टे संचालन समितिका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो । हामेस्टे संचालन गरिने बिषयमा बन उद्योग तथा पर्यटन मन्त्रालय सुर्खेतका सूचना अधिकारी शेरबहादुर रोकाया सहितको टोली सिञ्जाको बड्की र मालिकाबोता पुगेर होमस्टे सञ्चालनको विधि र मापदण्डका बिषयमा स्थानीलाई सहजिकरण गरेर फिर्ता भएको छ ।

यसैगरी प्रदेश सरकार शुरुवात गरेको कार्यक्रम आवश्यक भएको भन्दै व्यवस्थापनमा राम्रो गरिनुपर्ने हिमा गाएापालिकाका वडाध्यक्ष बिरबहादुर रैथाने परिकारहरु खुवाउने बताउनुभयो । रारा सिञ्जा आउने पर्यटकहरुका लागि उचित बसाई, स्थानीय कोसेलीघर, खस सभ्यतारको नाचघर, बाटोघाटो पानीका लागि पूर्वाधार तयार गर्न सकिने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

यसैगरी केही स्थानमा पहुँचका आधारमा एकलौटी रुपमा समिति गठन भएको भन्दै विवाद भइरहेको र सहमति गर्ने प्रयास भईरहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । जुम्लाका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले प्रस्ताव पेशका लागि प्रत्येक स्थानीय तहमा सूचना टाँसेको र जसले प्रस्ताव पेश गरे तिनै स्विकृत भएका बताउनुभयो । यसैगरी कर्णाली प्रदेश सरकारले जुम्लाका ४ स्थान सहित करिब २५ स्थानमा होमस्टे संचालनमा ल्याउने योजना रहेको छ ।




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!