कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा र अधिकारी

जाजरकोट  ः कम्युनको अभ्यास गरेर दुनियालाई सन्देश दिएको जुनिचाँदे गाउँपालिकामा पहिलो पटक सरकारी अधिकारी गएर वृहत शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनि बस्तीमा पहिलो पटक वृहत शिविर सञ्चालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लगाएतको सरकारी टोली लुहादह , जुनिचाँदे लगायतका ठाउँ पुगेर १ १८५  ले नागरिकता लिएका छन् । गाउँपालिकाको समन्वय र जिल्ला प्रशासन कार्यालयद्धारा सञ्चालन गरिएको एकीकृत वृहत घुम्ती शिविरबाट भएको हो ।
उक्त एकिकृत घुम्ती शिविरबाट ६५० जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् । १ हजार ९ सय ३६ भेडा,बाख्रा, २ सय ३३ गाई,गोरु, १ सय ६१ भैसी÷राँगो, १० वटा कुकुर, २५ वटा घोडा,खच्चड गरी जम्म २ हजार ३ सय ७६ वटा पशुचौपायलाई विभिन्न रोगको खोप लगाईएको छ ।
त्यस्तै ५ सय घरधुरी किसानहरुलाई विभिन्न उन्नत जातको तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलङ्गा देखि झण्डै ३२ कोष टाढाको दुरीमा रहेको जुनिचाँदेको सवै वडामा उक्त शिविर भएको थियो ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र स्थानीय तहको समन्वयमा यस अघि जाजरकोटको बारेकोट , कुशे, शिवालय र जुनिचाँदे गाउँपालिकामा वृहत शिविर भईसकेको छ । चारवटा स्थानीय तहबाट ६ हजार ५ सय ५९ जनाले नागरिकता र फोटो सहितको मतदाता नामावली सेवा लिएका छन् । सदरमुकाबाट मात्र नागरिकता र फोटो सहितको मतदाता नामावलीको सेवा पाएका जाजरकोटका दुर, दराजका स्थानीवासीले घर ,आँगनमा सेवा पाएपछि खुसी भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । जुनिचँदेबाट जाजरकोट सदरमुकाम आउन ३ दिन लाग्ने गर्दछ ।
पहिलो पटक गाउँमा पुगेका सरकारी अधिकारीलाई स्थानीयवासीले प्रश्नको ओईरो लगाएका थिए । टेलिफोन , नागरिकता गाउँमा सधै पाईने अवस्था कहिले हुन्छ, भन्दै प्रश्न गरेका थिए । दैलेखको सिमाना सँग जोडिएको जुनिचाँदे गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तह मध्य पर्दछ । जनयुद्धको समयमा कम्युनको अभ्यास समेत गरेको जुनिचाँदेका स्थानीयवासीले अहिले सम्म सरकारी अधिकारी गाउँमा पुगेको नदेखेको बताएका छन् । वहुमुल्य जडिवुटी, खानीको भण्डार रहेको यहाँ चोरी निकासी व्यापक भएको भन्दै प्रजिअ बस्नेतलाई नियन्त्रणका लागि पहल गर्न आग्रह समेत गरिएको छ ।





error: Content is protected !!