Hemanta KC May 15, 2019

सुकमाया थापा
डोल्पा २९ बैशाख ः गर्मीयाम सुरु भएसँगै डोल्पामा विरामीको संख्य बढ्न थालेको छ । अत्यधिक हावा हुरीबाट आएको धुलोका कारण पनि प्रदुषित हावा ले गर्दा फोहोरका कण आउने भएकाले बालबालिकाहरु लगाएत प्राय सबैमा रुघा, खोकि, ज्वोरोले सताएको छ ।

यसले गर्दा विधालय जाने बालबालिकाहरुमा बढि प्रभाव पारेको छ । यो समयमा झाडापखला, आउँ लगाएतका विभिन्न रोगले सताउने गरेको स्थानीयहरुको भनाइ रहेको छ । डोल्पाका अधिकांश विधालयहरुमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । एका तिर पढाई सञ्चालन भैरहेको छ भने अर्कोतिर बिरामि भएर बालबालिकाहरु विधालय आउनै नसक्ने स्थिती भएको विधालयहरुले बताउने गरेका छन ।

यो बिरामिको समस्याले गर्दा धेरै बालबालिकाहरु विधालयमा उपस्थित हुन नकसेको बालमन्दिर आधारभुत बिधालयकि प्रध्यानाध्यापक अम्बिका हमालले बताउनु भयो । यस्ता बिरामिहरु दिन प्रतिदिन बढ्न थालेका छन् । हावा धेरै चल्ने भएकाले बाहिरको फोहोर बातावरण बाट बच्न पानी खादा छानेर खाने, सकेसम्म पानी उमालेर खाने, बासि सडेगलेका खानेकुराहरु नखान चिकित्सकहरुले सल्लाह दिएका छन् ।




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!