Hemanta KC May 12, 2019

जाजरकोट, २९ बैशाख (रासस) ः आफ्नो काम पुरा नगर्ने तर अर्कोको मात्र चर्को आलोचना गर्ने प्रवृती बढेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।
गृह जिल्ला जाजरकोट आउनु भएका मन्त्री बस्नेतले जिल्ला समन्वय समितिको पाँचौ सभालाई सम्वोधन गर्दे उहाँले भन्नुभयो , “ जाजरकोटको परिचय फेरिसकेले अव नयाँ जाजरकोट र संमृद्धी सहितको जिल्ला बनाउन लागेको छु , राष्ट्र सेवक कर्मचारीले आफ्नो कार्यालयको काम भन्दा पनि दुनियाँ भरका कुरामा टिप्पणी गर्ने फुर्सद भएको छ , ” । सवैले आ आफ्नो जिम्मेवारी पुरा गरेमा संमृद्धी भन्ने कुरा टाढा नभएको भन्दै मन्त्री बस्नेतले भन्नुभयो , “ यसै वर्ष भित्र जाजरकोट अस्पतालमा नयाँ सुविधा यूक्त भवणका लागि वोलपत्र आवह्वान गरी काम सुरु गरिने छ , जिल्लाका सवै सडकमा डिपिआरको काम करिव , करिव पुरा भएकोले आउँदो वर्ष बाट कालोपत्रेको काम सुरु हुन्छ , ” । राजनीतिक व्यवस्था पुरा भएकाले अव आर्थिक व्यवस्था सहित जनताको अवस्था बदल्नु अहिलेको मुख्य काम रहेको उहाँले बताउनुभयो ।
हिजो संक्रमण कालको समयमा उठाएको फाईदा अहिले पनि उठाउँछु भन्ने कसैलाई लागेको छ भने त्यो सरासर गलत छ , अव सवै सचिने बेलो आएको छ , उहाँले थप्नुभयो । त्यस्तै उहाँले जाजरकोट जिल्ला भित्र रहेको मध्यपहाडी लोकमार्गका पुल , छिन्चु – जाजरकोट सडक खण्डको बिभिन्न ठाउँमा रहेका पुलहरुको निरीक्षण समेत गर्नुभएको छ । आज जिल्लाका सातै वटा स्थानीय सरकारले आफ्ना कार्यक्रम प्रस्तुत गर्ने छन् । यसै गरी पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले संमृद्ध नयाँ नेपाल निर्माणका लागि सवै सूचना मैत्री बन्नुपर्ने बताउनुभयो ।
हेमन्त केसी




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!