१२ वर्ष पछि विवाद सल्टाउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गाउँ , गाउँमा

हेमन्त केसी
जाजरकोट , ११ बैशाख (रासस) ः निर्माण कार्य थालिएको १२ वर्ष पछि जाजरकोट – जुम्ला सडकको विवाद सल्टाउन कर्मचारी सहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् ।
बिभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारी साधनहरु चल्न धौ ,धौ परेको यस सडक खण्डमा बिवाद सल्टाउन कर्मचारी लिएर सांसद गाउँ पुगेका हुँन् । प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले नेतृत्व गर्दे सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट , पुर्व सांसद भक्तबहादुर शाह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल , भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्ती लगाएतको टोली १२ वर्ष पछि स्वार्थका कारण यातायात चल्न नसक्ने अवस्था सिर्जना भएको सडकको निरीक्षण गरी प्राविधिक स्टामेट समेत बदलेका छन् ।
निर्माण कार्य सुरु भएको १२ वर्ष सम्म यातायातका साधनहरु चल्न नसकेपछि चौतर्फी आलोचना बढीरहेको बेला प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले सवै सरोकारवाला लाइ लिएर भेरी नगरपालिका –२ राङसीमा गई समस्य समाधान गरेका हुँन् । पुर्व सभाषद् भक्तबहादुर शाहको घर हुँदै जाने सो सडक ,उहाँ नै सांसद भएको बेला निर्माण भएको थियो । प्राविधिकलाई अनाआवश्यक दवाव दिएर स्टामेट भन्दा बाहिर गइ निर्माण गरिएको यो सडकमा यातायातका साधनहरु चल्न नसक्ने अवस्था सिर्जना भएपछि अहिले सवै सरोकारवाला निकायको उपस्थितीमा स्टामेट बदलेर सडक पुर्ण निर्माण गर्ने सहमती भएको हो ।


एउटै गाउँमा १२ वटा मोड बनाएर सडकमा यातायातका साधनहरु मोड्न नसक्ने अवस्था सिर्जना भएपछि यातायातका साधनहरु चल्न नसक्ने अवस्था सिर्जना भएको थियो । २१ किलोमिटर सडक सडकमा ३२ करोड रकम खर्च हुँदा सम्म यातायात चल्न नसक्दा चौतर्फी आलोचना बढेपछि सांसद सिंहको नेतृत्वमा स्थानीयबासीको उपस्थिीमा बिवाद सल्टाएर सडक निर्माणको बाटो खुलेको हो ।
यो सडकलाइ कर्णाली प्रदेश सरकारले लुम्विनी –जाजरकोट खलङगा , बाहुनथाना , राङ्सी, पाँचकाटिया, जुम्ला हुँदै रारा जोड्ने रणनैतिक महत्वको रुपमा लिदै आएको छ । बिवादका कारण सडकको स्तरउन्नती हुँन नसक्दा सडक निर्माण कार्य अलपत्र पर्दैै आएको थियो । अहिले सो सडकको खण्ड , खण्डमा ग्रावेलको काम सँगै र फराकिलो बनाउने कार्य समेत सुरु भएको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो । बिवादका कारण सडकको मर्मत गर्न समस्य भएकोले अव समाधान भएपछि काम अगाडी बढ्ने डिभिजन प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो , “ रकम बिनियोजन गर्ने काम सांसदहरुको हो , हामी कार्यन्वयनकर्ता हो , बिवाद समाधान भएपछि काम गतीमा बढ्छ , ” ।


चुनावमा भोट हाल्नका लागि कार्यक्रता मार्फत खवर पुर्याउने नेताहरु गाउँमा आएर बिवाद सल्टाएको र भेटघाट गरेको पहिलो घटना भएको स्थानीय मैनकला ओलीले बताउनुभयो । उहाँले भन्नुभयो , “हामी गाउँमा सडकका लागि सधै लड्ने मात्र काम हुन्थ्यो , उर्को थरी मान्छे नहुँदा बिवाद समाधान हुर्दैन्थ्यो आज देखि आनन्द भयो , ” । ट्याक्टर मात्र हिड्ने यो सडकमा अव छिटै वस सञ्चालन भएको देख्न पाउँ अर्की पबित्रा शाहले भन्नुभयो , “ हामीले बिवाद गर्दा र पहिलाका नेताहरुले स्वार्थका कारण सडक बिगारेर गाडी चढ्न पाइएन, अव छिटो समस्य समाधान होस , ” ।
यो सडकलाई सरकारले रणनैतिक महत्वका रुपमा लिएर लुम्विनी र रारा जोड्ने लक्ष्य लिएको छ । सडक निर्माण भएसँगै जाजरकोट केन्द्रमा पर्दछ । जाजरकोट भएर मध्यपहाडी लोकमार्ग सडक दैलेख जाने गर्दछ भने जाजरकोट भएर डोल्पा हुँदै चीन जोड्ने सडक निर्माण कार्य जारी रहेको छ ।
जाजरकोट बीच बिन्दुमा भएकाले सडक निर्माण पछि प्रयाप्त लाभ जाजरकोट जनताले सक्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो , “ हामी जाजरकोटबासी तीन वटा सडकको बीच बिन्दुमा र्छौ , जाजरकोट छोएर तीन वटा त्रिदेशीय सडक निर्माण भइरहेको छ ,” । त्यस्तै नमुना विद्यालयको रुपमा रहेको शंकर भवन मावि भेरी नगरपालिका २ को अनुगमण गरिएको छ ।





error: Content is protected !!