Hemanta KC April 23, 2019

बच्चाको शरीरको विकास उसको खानपानले निर्भर गर्छ । व्यक्तिको दिमागको पूर्ण विकास पाँच वर्षसम्ममा भइसक्ने भएकाले खानपानमा विशेष ध्यान पु(याउनुपर्छ । बच्चाको शरीर र दिमागलाई स्वस्थ राख्न प्रोटिन, कार्बोहाइडेट, फ्याटी एसिड एकदमै आवश्यक हुन्छ ।

फलफूल र सागसब्जी
फलफूल र सागसब्जीको माध्यमबाट शरीरमा चाहिने आवश्यक वस्तुहरू ऊर्जा, प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर र पानीको परिपूर्ति हुन्छ । जसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ ।
बच्चालाई हरेक खानेकुरामा फलफूल र सागपात समावेश गर्न सिकाउन आवश्यक छ । यसले गर्दा पछिसम्म स्वस्थ खानेकुरा खाने बानीको विकास हुन्छ । विभिन्न बनावट, स्वाद र रङका फलफूल र सागसब्जी खुवाउन सकिन्छ ।
केमिकल फर्टिलाइजर प्रयोग नगरी उत्पादन गरिएका सागसब्जी तथा अर्गानिक फलफूल फलफूल खान उपयुक्त हुन्छ ।

अन्न
बच्चाको वृद्धि विकासका लागि अन्न अपरिहार्य खाद्यवस्तु हो । चामल, गहुँ, मकै, जौ र कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको नियमित भोजनमा समावेश गर्नुपर्छ । यसले लामो समयसम्म ऊर्जा दिने र शारीरिक विकास छिटो हुने हुन्छ । साथै, सिकाइको विकास गराउँछ । अन्न खाँदा लामो समयसम्म भोक नलाग्ने भएकाले समेत स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसबाहेक घरमा पकाइएको स्वस्थ खानेकुरामा जहिले पनि जोड दिनुपर्छ ।

दूधजन्य पदार्थ
बच्चाको दिमागी विकासका लागि दूधजन्य खाद्यवस्तु एकदमै लाभदायी हुन्छन् । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ, जसबाट दिमागले छिटो संकेत लिने र तत्काल प्रतिक्रिया जनाउने क्षमता बढाउँछ । यसमा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी र दाँत बलियो बनाउँछ ।

प्रोटिन
बच्चाहरूलाई प्रोटिनयुक्त खानेकुरा जस्तै, माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ । यसले मांसपेशी बलियो बनाउँछ । यस्ता खानेकुरामा भिटामिन, खनिज, ओमेगा ३ र फ्याटी एसिड जस्ता उपयोगी तत्वः पाइन्छन् । जसले बच्चाको दिमागी विकासका साथै सिकाइ र भौतिक विकास अर्थात उचाइ बढाउँछ ।

स्वस्थ पेयपदार्थ
बालबालिकाका लागि पानी स्वस्थ पेयपदार्थ हो । जुन सस्तो र सहजै उपलब्ध हुन्छ । प्राकृतिक धाराकोे पानीले बच्चाको दाँतका लागि फाइदा गर्छ । पानी शुद्ध हुन जरुरी छ । पानीको उपयुक्त प्रयोगले बच्चाहरूको पाचन प्रकिया सहज राख्छ ।

सावधानी
खासगरी, बच्चाहरू फास्टफुड र जंकफुड खान रुचाउँछन् । यस्ता खानेकुरामा अत्यधिक नुन, स्याचुरेटेड फ्याट, चिनी, कम मात्रामा मात्र फाइबर र पौष्टिक तत्व पाइने भएकाले तिनले बच्चाको वृद्धि विकासमा असर पु(याउँछ । यस्तै, कोल्डड्रिंक्स र धेरै गुलियो जुसले समेत बच्चाको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । तसर्थ बच्चालाई स्वस्थ राख्न खानपानमा ध्यान पु(याउन आवश्यक छ । त्यस्तै, बढी चकलेट, जंकफुड तथा अस्वस्थ खानाले दाँतमा किरा र आन्द्राको रोग लाग्ने सम्भावना हुन्छ । यसमा अभिभावकले बालबालिकालाई उचित मार्गदर्शन गर्नु आवश्यक छ ।




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!