एउटा गोरुले खेती

मुगु ,बारी जोत्न सामान्यतः हल गोरु नारिन्छ । हल गोरु नभए के गर्ने रु बारी बाझै बस्न दिनुभएन । मुगुका केही गाउँमा बारी जोत्न हल गोरु चाहिँदैन । एउटा गोरु नै काफी । मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, मह, रिउस, पुलुलगायत ठाउँमा हलो जोत्न एउटै गोरु प्रयोग गरिन्छ ।

यसका लागि गोरुको नाकमा डोरी लगाइन्छ । गोरुको काँधमा काठ राखिन्छ, काठको दुवै टुप्पोमा डोरी बाधेर पछाडि हलोमा अडाइन्छ । त्यसपछि अगाडिबाट एकजनाले डोरी तान्छन् । पछाडि अर्को एकजनाले हलो माटोमा धस्छन् ।

‘डोरी तान्दा गोरुको नाक दुख्ने भएकाले विस्तारै बच्चाले तानेर पनि जोत्न सकिन्छ,’ माग्रीगाउँका सोनाम तोर्ची तामाङले भने, ‘हलो समात्ने मान्छे बलियो हुनुपर्छ ।’ यी गाउँमा एक गोरुले हलो जोत्ने परम्परा बस्नुको कारण हो– भिरालो र साँघुरो भूबनोट । दुइटा गोरु सँगै हिँड्दा जोत्नसमेत मुस्किल हुने स्थानीयको भनाइ छ ।

तामाङका अनुसार हल गोरुले जोत्दा जग्गामा गोरु र हलो फर्काउन समस्या हुन्छ । एक गोरुले हलो जोत्ने चलन आर्थिक रूपमा पनि किफायती छ । गाउँमा एउटा गोरुलाई १८ हजार र झोवालाई ६० हजारसम्म पर्छ । एक गोरुले ८–१० वर्षसम्म खेती लगाउन सक्छ । रिउसगाउँका ग्याल्जन तामाङ दुइटा गोरु किन्न महँगो पर्ने भएकाले एउटैले हलो जोत्नुपरेको बताउँछन् । ‘अन्यत्र दुई गोरुले खेती लगाउ“छन्, हाम्रोमा एउटै भए काफी,’ उनले भने।
मुगुमकार्मारोङ गाउँपालिका जनजाति समुदायको बाक्लो संख्या भएको क्षेत्र हो । यहा“ परम्परादेखि एक्लो गोरुले जोतेर कोदो, उ“वा, कागुनो, फापर, आलु, सिमी लगाइन्छ । भिरालो बारीमा समेत उम्रिने यी बाली लगाउन एउटै गोरु पर्याप्त हुने स्थानीय शिक्षक सीपी लामाले बताए ।

उनका अनुसार माथिल्लो मुगुगाउँवासीले त अन्नबाली लगाउन गोरुको प्रयोग नै गर्दैनन् । एकजनाले तान्ने र अर्कोले हलो समातेर जोत्ने चलन छ । भिरालो र अप्ठेरो गह्राका कारण यस्तो गर्नु बाध्यता रहेको लामा बताउँछन् । ‘ढुंगागिट्टी पन्छाएर स–साना गह्रामा गोरु जोत्न अप्ठेरो हुने भएकाले मान्छेले नै हलो तानेर बाली लगाउँछन्,’ उनले भने ।

करिब १३ सय घरधुरी रहेको यो गाउ“पालिकामा ६ हजार जनसंख्या छ । करिब २ सय हेक्टर जमिनमा मात्र अन्न उत्पादन हुने गाउ“पालिका अध्यक्ष छिरिङ क्याप्ने लामा बताउ“छन् ।





error: Content is protected !!