रिप, रिङको अभावमा नलगाड जलविद्युत सुरुङको काम रोकियो

हेमन्त केसी
जाजरकोट , ९ बैशाख ः जाजरकोट नलगाड नगरपालिका – ७ दल्लीमा निर्माण हुँन थालेको नलगाड जलविद्युत कम्पनीको सुरुङ मार्गको काम  रोकिएको छ ।
३४५ मिटर लामो भुमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन लागि विगत ३५ महिना देखि काम सुरु भएकोमा अहिले (रिप, रिङ ) सुरुङ भित्र माटो ,ढुङगा अड्याउने साधन नहुँदा काम रोकिएको छ । ३१ महिना भित्र (डिपिआर) विस्तृत योजना प्रतिवेदन तयार पारेर कम्पनीलाई दिनुपर्ने भएपनि ३१ महिनामा ६ महिना थपे पनि सो मिति सकिन लाग्दा सम्म कामले गती लिन सकेको छैन् । विद्युत गृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन काम सुरु भएपनि मिति सकिन दुइ महिना मात्र बाँकी रहदा सम्म १८५ मिटर मात्र निर्माण गरिएको आयोजनाका ईन्जिनियर पदम थापाले बताउनुभयो ।
इन्जिनियर थापाले भन्नुभयो , “ डिपिआर तयार गर्न बारेकोट गाउँपालिकाको अधेरी खोलामा ४ वटा ६० मिटर गहिराइका प्वालहरु पार्नुपर्ने भएपनि अहिले सम्म २ वटा प्याल ४० मिटर गहिराइमा छेडिएको छ भने बाँकी दुई प्वाल २५ मिटर छेडिएको छ भने ३५ मिटर अझै छेड्न बाँकी रहेको छ , ” । स्मेक कम्पनीले सेन्चुरी कन्टक्सन प्रालि सानेपा ललितपुरलाई भुमिगत प्वाल पर्ने जिम्मा दिए अनुसार काम भएको कन्टक्सनका प्रमुख बसन्त डिसीले बताउनुभयो ।
५० भन्दा बढी माटो, ढुङगा अड्याउने (रिप, रिङ) मेसिन आवश्यकता पर्ने भएकाले सो मेसिन नहुँदा अहिले काम रोकिएको प्रमुख बसन्त डिसीले जानकारी दिनुभयो । हप्ता दिन भित्र सवै रिपहरु निर्माण हुँने , त्यसपछि मात्र काम सुरु हुने बताउनुभयो । निर्माणका लागि तोकिएको मिति आउँन २ महिना मात्र बाँकी रहदा सम्म भारी काम बाँकी रहेकोले निर्माण हुँन समस्य चुनौती रहेको नलगाड सरोकार समितिका अध्यक्ष तथा सांसद गणेसप्रसाद सिंहले बताउनुभयो । उहाँले भन्नुभयो , “ कामहरु निरन्तर नगर्दा र ढिला सुस्ती निरन्तर गरिरहेकाले तोकिएको मितिमा काम पुरा नहुँने देखिन्छ , ड्याम तीर जाने सडक देखि सुरुङ निर्माणको काममा सम्वन्धित निकायको उदासिन गर्दा जाजरकोटबासी दुखी हुँनुपर्ने अवस्था सिर्जना भएको छ , ” ।
नलगाड जलविद्युत कम्पनी ड्याम निर्माण स्थल ( बारेकोट गाउँपलिका अधेरीखोला) जानेका लागि निर्माण कार्य भइरहेका सडकहरु निर्माण व्यवसायीको गतीमा काम नगर्दा समस्य भएको सांसद सिंहले बताउनुभयो । सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । पहुँच मार्ग काम पुरा गर्न अझै कडा चट्टान भएको २ किलोमिटर भन्दा बढी भुभाग बाँकी रहेको छ , भने खारा स्थित नलगाड नदीमा निर्माण हुँने भनिएको पुल सुरु नै गरिएको छैन् । दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने भनि थालिएको काम ५ वर्ष वित्न लाग्दा सम्म पुरा हुँन नसकेको सांसद सिंहले बताउनुभयो ।
बारेकोट गाउँपालिकाको अधेरी खोलामा जलासय यूक्त ड्याम निर्माण गरी भुमिगत सुरुङ मार्फत नलगाड नगरपालिका –७ दल्लीमा विद्युत उत्पादन गृह निर्माण गर्ने लक्ष्य लिइएको छ । कालीमटी खन्टाकुरा , सिके हुँदै अधेरीखोला सडकको लम्वाई साडे २२ किलोमिटर र कालीमटी , खारा , लैखम हुँदै अधेरीखोलाको लम्वाइ साडे १० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
ड्याम स्थल अधेरी खोला देखि दल्ली विद्युत उत्पादन गृह सम्मको सुरुङ मार्गको लम्वाइ ८ किलोमिटर निर्माण गर्नुपर्ने प्राविधिक स्टामेट रहेको छ ।
ताँसुगाड बीचमै अलपत्र
त्यस्तै नलगाड जलविद्युत कम्पनी निर्माणका लागि आवश्यक विद्युत उत्पादन गर्ने उदेश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत आयोजनाको डिपिआर निर्माण कार्य अलपत्र परेको छ । डिपिआर निर्माणको जिम्म लिएको डिजाएड कन्सलटेन्ट नयाँ बाँनेश्वर ले बीचमै काम छाडेर सम्पर्कमा नआएपछि समस्य भएको छ ।
सो कामका लागि ८८ लाखमा ठेक्का लिएर ४३ लाख रकम भुक्तानी लिएको र बाँकी रकम नलिएरै सम्पर्कमा नआएको सरोकार समितिका अध्यक्ष गणेसप्रसाद सिंहले बताउनुभयो । कन्सलटेन्टका प्रमुख दिपेन्द्र बम सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुँन सकेको छैन् । ताँसुगाड जलविद्युत आयोजना बाट ४.५ मेघावाट विद्युत उत्पादन गरेर नलगाड जलविद्युत कम्पनी निर्माण गर्ने लक्ष्य राखिएको छ । दुइ वर्ष भित्र प्रतिवेदन बुझाउने सम्झौता भएपनि डिजाएडले ५ वर्ष पुरा भएपनि प्रतिवेदन बुझाएको छैन् ।





error: Content is protected !!