अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी ९क्युटेक०को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भू–उपग्रह भएको यान प्रक्षेपण गरेको थियो ।

अब अन्तरिक्ष कक्षमा भूउपग्रहका पाटपुर्जाले काम गरे–नगरेको अन्तरिक्षयात्रीले परीक्षण गर्नेछन् । सफल परीक्षण भए करिब डेढ महिनाभित्र पृथ्वीको कक्षमा छाड्ने योजना रहेको नास्टका प्रवक्ता डा। सुरेश ढुंगेलले बताए ।





error: Content is protected !!