पञ्चेवाजा संरक्षणका लागि समावेशी टिम निर्माण

नन्दा शाही
जाजरकोट ः विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो समयमा आएर लोप हुन थालेपछि संरक्षणमा जोड दिन थालिएको छ । बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक संस्कृति बोकेको पञ्चेबाजा बजाउने चलन जिल्लाको नलगाड नगरपालिका बाजा संरक्षणमा लागेको हो ।

जिल्लामा सयौँको संख्यामा रहेका यसका वाद्यवादक अहिले सीमित मात्रामा रहेका छन्। त्यो पनि वृद्धवृद्धा मात्र। नेपालीको मौलिकता झल्काउने पञ्चेबाचा बजाउने सीप सिक्न युवा पिँढीले नचाहँदा बाजा नै लोप हुने अवस्थामा पुगेको भन्दै सरक्षणमा लागेको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । अहिले युवायुवतीले बाजा बजाउन नचाहने गरेकाले बाजा नै संकटमा परेको उहाँको भनाइ छ । संकटमा पर्न लागेको पञ्चेबाजाको संरक्षण गर्नको लागि नलगाड नगरपालिकाले अभियान नै सञ्चालन गरेर कामको थालनी गरिएको हो । पञ्चेबाजा संरक्षणका लागि बजेट विनियोजन गरेर काम थालनी गरिएको नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्परागत संस्कृतिको संरक्षण, प्रवर्धन र संवर्धन गर्नुका साथै पेशाको रक्षा गर्ने उद्देश्य , प्राचीनकालदेखि चलेका रीतिरिवाज, चालचलन र संस्कृतिको उत्थान हाम्रो अभियान हो , ” । पञ्चेबाजाको संरक्षण र प्रवर्धन गर्न दमाई जाति बसोबास गर्ने वडामा विशेष जोड दिइएको छ ।

पञ्चेबाजामा नरसिङ्गा, दमाहा, सनही लगायतका बाजाको प्रयोग हुने गरेको छ। अहिले गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ। विगतमा विभिन्न बाजाको निर्माण स्थानीय स्तरमा हुने गरेको भए पनि त्यस्ता खालका बाजा बनाउने सीप भएका मानिस नभएपछि बाजा लोप हुँदै जाने भएकाले यसको संरक्षणमा नलगाड नगरपालिका जुटेको छ । पञ्चेबाजा संरक्षण कार्य सुरु भएसँगै सरोकारावाला खुसी भएका छन् । आफ्नै लगानीमा दमाह लगाएतका बस्तुहरु खरिद गर्दे आएका दमाइ जातीले स्थानीय सरकारको सहयोग पाएपछि खुसी भएको नलगाड नगरपालिका – २ का महेन्द्र परियारले बताउनुभयो । उहाँले भन्नुभयो , “ अव हामी दमाइ जातीले मात्र बाजा बजाउनु पर्छ भन्ने पुरानो सोच कम हुँदै गएको र अन्य जातीका मानिसले पनि बाजा बजाउन सिकेका छन् , स्थानीय सरकारको सहयोग पाएसँगै हामी निरन्तर सहकार्यमा छौँ , ” ।

पञ्चेवाजा संरक्षणका लागि समावेशी वाजा टिम बनाइ काम थालिएको छ । समयअनुकुल वाजा बाजा संरक्षण गर्दै लिनुपर्नेमा जोड दिदै काम थालिएको नगरपालिकाका निर्मित प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । सवै जातीका स्थानीयबासीहरु मिलाएर वाजा टिम बनाइ काम थालिएको छ ।





error: Content is protected !!