Hemanta KC April 6, 2019

डोल्पा ,  नेपालकै प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा चैत्र दशैँको पहिलो दिन घटस्थापनाको रूपमा बिशेष पूजाआजा गरिएको छ।

त्रिपुरासुन्दरी नगरपालिका १ टाँके डाँडोमा अवस्थित मन्दिरमा प्रत्येक वर्ष चैत्रशुक्ल प्रतिपदाको दिनदेखि रामनवमीको दिनसम्म नवदुर्गा देवीको विशेष पूजाआजा गर्ने गरिन्छ। शनिबार चैत्र शुक्ल प्रतिपदाको दिनमा भक्तजनहरूले घरघरबाट जौँ तील घ्यू लगायतका पूजा सामग्री लैजाने र जौँको जमरा थापना गरेर रामनवमीको दिनमा पूजाआजा गर्ने गरिन्छ। नवरात्र अवधिभर हुने विशेष पूजाआजाका लागि जिल्लाभित्र र बाहिरबाट आउने भक्तजनहरूको मन्दिरमा घुइँचो लाग्ने गरेको छ। भक्तजनले नवरात्र अवधिभर मन्दिरमा पूजाआजा गर्ने राँगा, बोका, कुष्माण्ड, नरिवलको बली चढाउने प्रचलन रहिआएको छ।

अघिपछि भन्दा नवरात्र अवधिभर देवीको दर्शन गरेर पूजापाठ गरेमा चाँडै मनोकांक्षँ पूरा हुने जनविश्वास रहेको छ। भगवतीको दर्शन गरि पूजाआजा गरे निसन्तानलाई सन्तान वरदान दिने मनकामना पूरा हुने जनविश्वास रहेको छ । जिल्लाभित्र र छिमेकी जिल्ला जुम्ला, रकुम जाजरकोट र नेपालगन्जलगायतका ठाउँहरूबाट समेत दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गरेको पाइन्छ।




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!