कसैको छोरो हु कसैको भाई हु म पनि

गजल
कसैको छोरो हु कसैको भाई हु म पनि
कसैको लक्ष्य हु कसैको पखाई हु म पनि

यो रात बिस्पोट हुनसक्छ आगो लाग्नसक्छ

तिमि आयौ मट्टितेल बनेर सलाई हु म पनि

मेरो छातिमा सडक बनाउ र मोटर गुडाउ
तिम्रो रोजाईको समथल तराई हु म पनि

सके देश लेख्ने छु ,नसके गजल लेख्नेछु
कलम बोकेर हिडेको सिपाई हु म पनि

दूष्मनले बाटो काटे , कुरा काटे फरक परेन
आफ्नाले आफ्नो सम्झिएनन पराई हु म पनि

बधशालामा पशुहरुको हत्या गरिनु पहिले
मान्छेले पनि सोच्नु पर्थ्यो अस्थाई हु म पनि

सके देश लेख्ने छु ,नसके गजल लेख्नेछु
कलम बोकेर हिडेको एक सिपाई हु म पनि

एक्सन आसी
सल्यान





error: Content is protected !!