सम्भोगदेखि गर्भाधानसम्मः सन्तानोत्पत्तिको रोमाञ्चकारी यात्रा

शीर्षकका यी दुई हरफ लाइन लेख्दालेख्दै कम्प्युटरको घडीमा फागुन १० गते तद्अनुसार फेब्रुअरी २३ तारिखका दिन बिहानको ठीक ६ बजेको छ । र, यतिखेरसम्म विश्वको जनसंख्या ७ अरब ६८ करोड ५८ लाख ७१ हजार ३७ जना पुगिसकेको छ । अनि, आजको दिन मात्रै ९६ हजार ६ सय ४८ जना बच्चाहरु यस संसारमा जन्मिसकेका छन् । यो वर्षभरि मात्रै संसारभरिमा २ करोड ५ लाख ३५ हजार ४४९ जना मानिस जन्मने आँकलन गरिएको छ ।

ओहो, एकै दिनमा यति धेरै बच्चा १ यो तथ्य पढ्दा तपाईंलाई लाग्न सक्छ– बच्चा जन्माउने कुरा त कति सहजै रहेछ त । नत्र एकै दिनमा मात्र यत्तिका बच्चाहरु जन्मन कसरी सम्भव हुन्थ्यो त

तर बच्चा जन्माउने कुरा, अझ विशेष गरेर गर्भमा बच्चा बस्ने कुरा तपाईं हामीले सोचजस्तो सहज, सरल र सामान्य हुँदैन । गर्भमा बच्चा बस्ने प्रक्रिया सम्पन्न हुनका लागि गर्भाधानको एउटा अद्भूत जैविक प्रक्रियाहरु सम्पन्न भएका हुन्छन् र त्यो प्रक्रियालाई सम्पन्न गर्ने क्रममा करोडौं शुक्रकीटहरुले ‘बलिदान’ पनि प्राप्त गरेका हुन्छन् ।

जीव विकासका नियमअनुसार गर्भाधानको प्रारम्भिक प्रक्रिया सम्भोगबाट शुरु हुन्छ । भाले–पोथी अर्थात् मानिसको हकमा पुरुष र महिलाबीचको सम्भोगको दौरानमा महिलाको योनीभित्र पुरुषको वीर्य स्खलन भएपछि गर्भाधानको त्यो प्रक्रियाले गति लिन थाल्छ । मूलतः वीर्य स्खलनसँगसँगै गर्भाधानमा पुरुषको सक्रिय सहभागिताको अन्त्य हुन्छ । त्यसपछिका सम्पूर्ण प्रक्रियाहरु स्खलित वीर्यमा रहेका करोडौं शुक्रकीटहरुको सक्रियता अनि महिलाका योनीभित्रका विभिन्न भागहरुमा हुने अद्भूत जैविक प्रक्रियाहरुबीचको क्रिया–प्रतिक्रियाहरुले निर्धारण र सञ्चालन गर्ने गरिरहेको हुन्छ ।

एउटा अण्डाको लागि करोडौं शुक्रकीटबीच प्रतिस्पर्धा

औसत रुपमा एउटा यौनक्रियाका दौरान २ देखि ५ मिलिलिटर वीर्य स्खलन भएको हुन्छ । मात्राको हिसाबले त्यो अत्यन्तै सामान्य हो तर त्यो सामान्य मात्राको वीर्यमा असामान्य मात्रामा जीवित शुक्रकीटहरु रहेका हुन्छन् जसले जीवोत्पत्तिका लागि अत्यावश्यक महिलाको अण्डालाई निषेचित गर्ने सामर्थ्य राख्दछ ।
मानवमा सन्तानोत्पत्तिको प्रक्रिया गज्जबैको हुनेगर्छ । गर्भाधान गर्नको लागि महिलाको शरीरमा एक महिनावारीको चक्रभित्र ९औसत रुपमा करिब २८ देखि ३५ दिनभित्र० एउटा मात्रै अण्डा निस्कने गर्छ भने महिलाको गर्भाशयमा पर्खेर बसेको त्यो एउटा अण्डालाई निषेचित गर्नको लागि भनेर तैयार पुरुषका वीर्यमा चाहिँ एकै पटकमा करोडौं शुक्रकीटहरु रहेका हुन्छन् । त्यो वीर्य महिलाको योनीभित्र स्खलित भएपछि वीर्यमा रहेका करोडौं शुक्रकीटहरुमध्ये सबैभन्दा स्वस्थ, बलिया र अब्बल शुक्रकीटहरुका बीचमा अण्डालाई कसले पहिला निषेचित गर्ने भन्ने कुरामा तीब्र प्रतिस्पर्धा हुने गर्छ । र, त्यस कार्यका लागि महिलाका प्रजनन अंगले पनि उनीहरुबीच प्रतिस्पर्धाको वातावरण सिर्जना गरेर प्रोत्साहित गरिरहेको हुन्छ ।

औसत रुपमा एउटा यौनक्रियाका दौरान २ देखि ५ मिलिलिटर वीर्य स्खलन भएको हुन्छ । मात्राको हिसाबले त्यो अत्यन्तै सामान्य हो तर त्यो सामान्य मात्राको वीर्यमा असामान्य मात्रामा जीवित शुक्रकीटहरु रहेका हुन्छन् जसले जीवोत्पत्तिका लागि अत्यावश्यक महिलाको अण्डालाई निषेचित गर्ने सामर्थ्य राख्दछ । त्यति थोरै मात्राको वीर्यमा मात्रै पनि औसत रुपमा ३ देखि ४ करोडजति शुक्रकीटहरु हुने गर्छन् । कसैकसै त्यो संख्या दशौं करोडसम्म पनि पुग्ने गर्छ ।

तर सजिलो छैन जित्न

तर जित्न सजिलो छैन । अण्डासम्म पुग्ने दौड पूरा गर्नको लागि करोडौं शुक्रकीटले महिलाको प्रजनन अंगभित्र चल्ने अद्भूत प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ । महिलाको योनीमार्गबाट अण्डालाई भेट्न शुक्रकीटले पाठेघरतिर अंग्रेजीमा फेलोपियन ट्यूब ९ँबिियउष्बल तगदभ० भनिने डिम्बवाहिनी नलीतिरको यात्रा गर्दा लडाइको मोर्चामा जस्तै अनेकौं व्यवधानहरु, बाधाहरु र धरापहरु पार गर्नुपर्ने हुन्छ । योनीमार्गभित्रका साँघुरा गल्लीहरु ९mष्अचयअजबललभकि० अनि स्ट्रिक्चरर्स ९कतचष्अतगचभक० भनेर चिनिने कसिला क्षेत्रहरुले ती करोडौं शुक्रकीटहरुलाई एक अर्कालाई जितेर अघि बढ्न तीब्र प्रतिस्पर्धा गराइरहेको हुन्छ । यसो हुनुको कारण चाहिँ योनीमार्गभित्र प्रवेश गरेका शुक्रकीटहरुमध्ये पनि सबैभन्दा अब्बल र स्वस्थ शुक्रकीटले मात्र अण्डालाई निषेचित गर्न सकोस् ताकि त्यसबाट उत्पन्न हुने मानिस जैविक र शारीरिक रुपमा पनि स्वस्थ, सबल र अब्बल निस्कन सकोस् भन्ने प्रकृतिले निर्धारित गरिदिएको गज्जबको संरचना नै हो ।

त्यसैले आफूलाई अब्बल र स्वस्थ सावित गर्र्ने सिलसिलामा योनीमार्गभित्रको त्यस क्षेत्रबाट पार गर्नको लागि शुक्रकीटहरुले एउटा भीषण महालडाइँ लड्नु पर्ने हुन्छ । त्यस लडाइँमा परेर करोडौं शुक्रकीटहरुमध्ये केही लाख शुक्रकीटहरुमात्र त्यहाँका बाधा व्यवधानहरुलाई चिरेर अघि बढ्न सक्छन् । बाँकी करोडौं शुक्रकीटहरुले गर्भाधानको प्रक्रियालाई सम्पन्न गर्ने यो अद्भूत जैविक प्रक्रियामा बलिदान प्राप्त गर्ने गर्छन् । अर्थात्, ती सबै शुक्रकीटहरुले त्यस क्षेत्रलाई पार गर्न नसकेर मर्छन् । थोरै शुक्रकीटहरु मात्र पौडेर अघि बढ्न सफलता हासिल गर्छन् ।

वास्तवमा हुन्छ के

योनीमार्गबाट अघि बढ्दा शुक्रकीटहरुले गर्भाशयको प्रवेशद्वार अर्थात् पाठेघरको मुख ९सर्भिक्स० भित्र छिरेर जानुपर्ने हुन्छ । ध्यानयोग्य कुरा के छ भने, सामान्य अवस्थामा पाठेघरको मुख कसिलो वा बन्द जस्तै अवस्थामा रहेको हुन्छ । तर हरेक महिनाको एक पटक महिलामा हुने ओभुलुसनको बेलामा, अर्थात् महिलाको अण्डाशयबाट अण्डा निषेचनको लागि निस्केर डिम्बवाहिनी नलीमा आउने वा आएको बेलामा त्यो मुख केही खुलेको हुन्छ ।
योनीभित्र स्खलित वीर्यमा रहेका शुक्रकीटहरुमध्ये कतिपय वीर्यसँगै बाहिर बगेर खेर जान्छ भने तीमध्ये कतिपय चाहिँ योनीभित्रको एसिडयुक्त वातावरणमा बाँच्न नसकेर मर्छन् । तर तीमध्ये धेरैजसो चाहिँ बाँच्न सफल हुन्छ । खासमा वीर्य स्खलन हुँदा शुक्रकीटलाई घेरेर बसेको वीर्यरसले जेलको रुप धारण गरेर शुक्रकीटको वरिपरि सुरक्षा कवच निर्माण गरिदिन्छ । त्यो सुरक्षा कवजले थुपै्र शुक्रकीटहरुलाई त्यो प्रतिकूल वातावरणमा पनि मर्न दिँदैन, बचाउँछ ।

योनीमार्गभित्र अडिन सकेका, बचेका शुक्रकीटहरु योनी भित्रभित्रै पौडदै अघि बढ्छ । त्यसरी पौडिँदै अघि बढेका शुक्रकीटहरु पनि योनीमार्गभित्र जो चाँडो र छिटो पौडिन सक्छन्, त्यो मात्र अघि बढ्न सक्छ । चाँडो पौडन नसक्ने, सुस्त र छिटो थाक्ने खालका शुक्रकीटहरु त्यहाँबाट अघि बढ्नै सक्दैन, तिनलाई योनीमार्गका वरिपरि रहेका र भित्ताबाट निस्कने योनीरसले बगाएर बाहिरतिर ठेलिदिन्छ । अर्थात् त्यसलाई अघि बढ्न दिँदैन ।

योनीमार्गबाट अघि बढ्दा शुक्रकीटहरुले गर्भाशयको प्रवेशद्वार अर्थात् पाठेघरको मुख ९सर्भिक्स० भित्र छिरेर जानुपर्ने हुन्छ । ध्यानयोग्य कुरा के छ भने, सामान्य अवस्थामा पाठेघरको मुख कसिलो वा बन्द जस्तै अवस्थामा रहेको हुन्छ । तर हरेक महिनाको एक पटक महिलामा हुने ओभुलुसन ९इखगबितष्यल० को बेलामा, अर्थात् महिलाको अण्डाशय ९यखबचष्भक० बाट अण्डा निषेचनको लागि निस्केर डिम्बवाहिनी नलीमा आउने वा आएको बेलामा त्यो मुख केही खुलेको हुन्छ । त्यसमाथि थप, यौनक्रियाको दौरानमा हुने विभिन्न हर्मोन परिवर्तनको असरको कारण सामान्यतः कसिलो अवस्थामा रहने त्यो पाठेघरको मुख केही खुकुलो बनेको हुन्छ, जसको कारण शुक्रकीटहरु त्यहाँबाट सजिलै पार गर्न सक्छन् । त्यहाँ पैदा हुने चिपचिपे तरल पदार्थ ९म्यूकस० ले शुक्रकीटलाई पार गर्न थप सहज बनाइदिने गर्छ ।

तर त्यस दिशातिर अघि बढेका सबै शुक्रकीटहरुले त्यो प्रवेशद्वार नाघ्न भने सक्दैन । लाखौं शुक्रकीटहरु त्यही चिपचिपे तरल पदार्थमा डुबेर मर्ने गर्छन् । त्यसरी भित्र प्रवेश गर्न सफलता प्राप्त गरेका शुक्रकीटहरु पाठेघरको भित्री भागतिर अण्डा खोज्दै अगाडि बढ्ने गर्छ । त्यसो त पाठेघरको मुखबाहिरै तैरिरहेका शुक्रकीटहरु पनि दोस्रोपटक त्यो प्रवेशद्वारभित्र पसेर अघि बढ्ने गर्छन् ।

पाठेघरको मुखभित्र प्रवेश गरिसकेपछि पाठेघरको खुम्चने र फैलिने प्रक्रिया ९अयलतचबअतष्यलक० ले शुक्रकीटलाई डिम्बवाहिनी नलीतिर अघि बढ्न मद्दत गर्छ ।

बीच बाटैमा मारिन्छन् लाखौं शुक्रकीटहरु

तर यहाँ पनि यात्रा सजिलो हुँदैन । एकातिर पाठेघरको खुम्चाइ र फैलाइले शुक्रकीटलाई आफूभित्र तानिरहेको हुन्छ भने अर्कोतिर त्यहाँको प्रतिरक्षा प्रणालीले शुक्रकीटलाई बाह्य हमलाकारी ठानेर आक्रमण गर्ने र मार्ने काम पनि साथसाथै गरिरहेको हुन्छ । त्यहाँ बचेका शुक्रकीटहरुमध्ये आधाजसो रित्तो डिम्बवाहिनी नलीतिर दौडिन्छ भने आधाजसो चाहिँ निषेचित हुन बाँकी अण्डा रहेको डिम्बवाहिनी नलीतिरको आफ्नो यात्रालाई जारी राख्छ । यात्राको यो भागसम्म आइपुग्दा करोडौंमध्ये केही हजार शुक्रकीटहरुमात्र बचेका हुन्छन् ।

फिलोपियन ट्यूबभित्र मसिना रौंजस्ता भाग हुन्छन् जसलाई सिलिया भनिन्छ । त्यो सिलियाले त्यहाँ आइपुगेका शुक्रकीटहरुलाई अण्डातिर अघि बढ्न मद्दत गर्छ । तर रोचक के छ भने यो प्रक्रियाका दौरानमा त्यही रौजस्तो भागमा अड्केर थुपै्र शुक्रकीटहरु मर्ने पनि गर्छन् । यो प्रक्रियाका दौरानमा महिला प्रजनन अंगबाट निस्कने रसायनले शुक्रकीटको टाउकोलाई ढाकिदिन्छ र त्यसको आकारलाई परिवर्तन गरिदिन्छ । यो प्रक्रियाको असरले शुक्रकीट अझै कडा र तीब्रताका साथ अगाडि पौडिन थाल्छ । र, अन्ततः शुक्रकीट अण्डासम्म पुग्न सफल हुन्छ ।

वीर्य स्खलन भएको आधाघण्टाभित्र पहिलो शुक्रकीटले डिम्बवाहिनी नलीसम्मको यात्रा तय गर्न पनि सक्छ तर यसको अर्थ त्यहाँ पुग्न सफल पहिलो शुक्रकीटले नै त्यहाँ रहेको अण्डालाई निषेचित गर्न सक्छ भन्ने हैन । औसत रुपमा शुक्रकीट डिम्बवाहिनी नलीसम्म पुग्न लाग्ने समय भनेको ४५ मिनेटदेखि १२ घण्टासम्मको हुने गर्छ, जुन कुरा योनी, गर्भाशय र डिम्बवाहिनी नलीको अवस्था अनि वातावरणमा भरपर्छ । त्यसो त पौडीबाज शुक्रकीटहरु महिलाको प्रजनन अंगभित्र ४८ देखि ७२ घण्टासम्म बाँच्न सक्छ । कुनै कुनै शुक्रकीटहरु त ५–७ दिनसम्म पनि बाँच्न सक्छन् । तर ओभुलुसन भएर डिम्बवाहिनी नलीसम्म आएको अण्डाले चाहिँ १२ देखि ३६ घण्टासम्म मात्र निषेचित हुन सक्छ । त्यति समयावधिभित्र अण्डा निषेचित हुन पाएन भने त्यो खेर जान्छ र महिनावारी हुँदा रगतसँगै बगेर जान्छ ।

करोडौंमा एक मात्र सफल,बाँकी सबै फेल

निषेचित हुनका लागि फिलोपियन ट्यूबमा पर्खेर बसेको अण्डाको बाहिरी आवरण कोरियाना रेडियाटा भन्ने पत्रले ढाकिएको हुन्छ । अण्डासम्म आइपुगेको शुक्रकीटले त्यो पत्रलाई छेडेर अण्डाको बाहिरी भाग जोनापोलुसुडासम्म पुग्नुपर्ने हुन्छ । जोनापोलुसुडासम्म पुगेका शुक्रकीटहरुमध्ये एउटा शुक्रकीटले मात्रै त्यसलाई छेडेर भित्र पस्ने अवसर प्राप्त गर्छ ।
यौनक्रियाका दौरानमा पुरुषले महिलाको योनीभित्र स्खलित गरेको वीर्यमा रहेका करोडौं शुक्रकीटहरु मध्ये डिम्बवाहिनी नलीसम्मको यो भीषण र कठीन यात्रामा केही दर्जन शुक्रकीटहरुले मात्र बच्न सकेका हुन्छन् । यसको अर्थ फेरि यो हैन कि त्यहाँ पुगेका सबै शुक्रकीटहरुले अण्डालाई निषेचित गर्ने मौका पाउँछन् । तीमध्ये पनि एउटा शुक्रकीटले मात्रै विजेता बन्ने अर्थात् अण्डालाई निषेचित गर्ने अवसर प्राप्त गर्छ । बाँकी सबै प्रतिस्पर्धी शुक्रकीटहरुले त्यो कठीन प्रतिस्पर्धात्मक दौड पूरा गरिसकेपछि पनि त्यहाँ गएर अन्ततः मृत्यु नै वरण गर्नुपर्छ ।

निषेचित हुनका लागि फिलोपियन ट्यूबमा पर्खेर बसेको अण्डाको बाहिरी आवरण कोरियाना रेडियाटा भन्ने पत्रले ढाकिएको हुन्छ । अण्डासम्म आइपुगेको शुक्रकीटले त्यो पत्रलाई छेडेर अण्डाको बाहिरी भाग जोनापोलुसुडासम्म पुग्नुपर्ने हुन्छ । जोनापोलुसुडासम्म पुगेका शुक्रकीटहरुमध्ये एउटा शुक्रकीटले मात्रै त्यसलाई छेडेर भित्र पस्ने अवसर प्राप्त गर्छ । त्यसका लागि शुक्रकीटको टाउकोमा रहेको एक्रोजोम ९बअचयकयmभ० थैली फुट्छ र त्यहाँबाट निस्कने रसायन लाइसोजोम ९थिकयकयmभक० ले जोनापोलुसुडाको कडा पत्रलाई छेडेर शुक्रकीटको टाउको भित्र छिर्न सहयोग गर्छ । टाउकोभित्र छिरेपछि पुच्छर चुडिन्छ । अण्डा निषेचित गर्न आवश्यक सबै कुराहरु शुक्रकीटको त्यही टाउकोमा संग्रहित रहेको हुन्छ ।

साँघुरो गल्लीजस्तो जोनापोलुसुडाभित्र तरल पदार्थ भरिएको हुन्छ । त्यो ठ्याक्कै कुखुराको अण्डाको रानीभन्दाको बाहिरी भाग जस्तै हुन्छ । अण्डाको यस भागसम्म आइपुग्ने सफलता प्राप्त गरेको शुक्रकीटले मात्रै अण्डालाई निषेचित गर्ने र महिलालाई गर्भ बोकाउने सौभाग्य प्राप्त गर्छ ।

अण्डाको बाहिरी पत्रमा परिवर्तनहरु आउँछ । यस परिवर्तनको प्रक्रियाले जोनापोलुसुडासम्म पुग्ने सफलता हासिल गरेका अन्य शुक्रकीटहरुलाई अण्डामा टाँसिन वा जोनापोलुसुडालाई छेडेर भित्र जान दिँदैन ।
जोनापोलुसुडाभित्र शुक्रकीट पुगेपछि अण्डाको बाहिरी पत्र एकअर्कामा मिसिन्छ र शुक्रकीटको टाउकोलाई अण्डाको थप भित्रीभागतिर तान्छ । यो प्रक्रियामा अण्डाको बाहिरी पत्रमा परिवर्तनहरु आउँछ । यस परिवर्तनको प्रक्रियाले जोनापोलुसुडासम्म पुग्ने सफलता हासिल गरेका अन्य शुक्रकीटहरुलाई अण्डामा टाँसिन वा जोनापोलुसुडालाई छेडेर भित्र जान दिँदैन । यही दौरानमा अण्डाले एक विशेष रसायन निस्काशन गर्छ जसले शुक्रकीटलाई अण्डाबाट पर धकेल्ने काम गर्छ । साथसाथै, त्यसले अण्डाको वरिपरि शुक्रकीटले छेड्नै नसक्ने कडा पत्र पनि बनाइदिन्छ । यो प्रक्रिया बाहिरतिर फैलिँदै जाँदा जोनापोलुसुडा झनै कडा बन्दै जान्छ र आफू वरिपरिका शुक्रकीटहरुलाई बन्दी बनाउँदै जान्छ । अब जोनापोलुसुडा यति कडा भइसकेको हुन्छ कि त्यसमा शुक्रकीट टाँसिन वा छेड्नै सक्दैन ।

यसबीच अण्डाभित्र छिरेको शुक्रकीटमा संग्रहित आनुवंशिक सामग्रीहरु फैलिन थाल्छ । त्यो आनुवंशिक सामग्रीमा बाहिरी नयाँ पत्र तयार भएर मेल प्रोन्यूक्लियस बन्न थाल्छ । त्यहाँभित्र त्यो आनुवंशिक सामग्रीहरु पुनसंग्रहित भएर २३ क्रोमोजोम बन्न पुग्छ ।
यसबीच अण्डाभित्र छिरेको शुक्रकीटमा संग्रहित आनुवंशिक सामग्रीहरु फैलिन थाल्छ । त्यो आनुवंशिक सामग्रीमा बाहिरी नयाँ पत्र तयार भएर मेल प्रोन्यूक्लियस बन्न थाल्छ । त्यहाँभित्र त्यो आनुवंशिक सामग्रीहरु पुनसंग्रहित भएर २३ क्रोमोजोम बन्न पुग्छ ।

अण्डामा रहेका त्यस्तै आनुवंशिक सामग्रीहरु पनि शुक्रकीटसँगको मिलनपछि सक्रिय भएको हुन्छ । त्यो पनि पुनसंग्रहित भएर २३ क्रोमोजोममा परिणत हुन्छ । त्यहाँ निर्माण भएको माकुरोको जालोजस्तो धागोले ती दुई भिन्न क्रोमोजोमहरुको संग्रहलाई एकअर्कातिर मिसाउनको लागि तान्न थाल्छ । ती दुई क्रोमोजोमहरुको संग्रह एकआपसमा मिसिएपछि शुक्रकीटले अण्डा निषेचन गर्ने प्रक्रिया सम्पन्न हुन्छ ।

यही क्षणमा एउटा विशिष्ट खालको आनुवंशिक कोड निर्माण हुन्छ जसले तत्कालै त्यो निषेचित अण्डाबाट उत्पत्ति हुने जीव अर्थात् बच्चाको लिंग, कपालको रंग, आँखाको रंग लगायत अन्य हज्जारौं चरित्र र विशेषताहरु निर्धारण गरिदिन्छ । जाइगोट भनिने यही एउटा कोषको निर्माण नै नयाँ मानिसको जन्मको शुरुवाती यात्रा हो ।