प्रथम बृहत महोत्सवको आयव्यय सार्वजनिक

ज्ञानु गौतम रुकुम
फागुन ७ देखि १८ गते सम्म सञ्चालन भएको प्रथम बृहत चौरजहारि महोत्सवको आयव्य सार्वजनिक गरिएको छ । आयोजक चौरजहारी उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर महोत्सवको आयव्य सार्वजनिक गरेको हो ।

उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोष ओलिले प्रस्तुत गरेको आय व्ययमा ३४ लाख ४१ हजार ८ सय ४९ रुपैयाँ आय रहेको छ भने २९ लाख ३९ हजार ५ सय ९१ रुपैयाँ व्यय रहेको छ । जसमा आयोजक उद्योग वाणिज्य संघ चौरजहारीलाई ५ लाख २ हजार २ सय ५८ रुपैयाँ फाइदा भएको छ । पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारले महोत्सवबाट सोचेजस्तो आम्दानी नभएकोले जुन उदेश्य अनुसार महोत्सव सञ्चालन गरिएको थियोे त्यो उदेश्य पूरा गर्नमा कठिनाइ सिर्जना भएको बताए । उनले भने हामीले महोत्सव सञ्चालनबाट राखिएका उदेश्यमा उद्योग वाणिज्य संघको भवन निर्माणको काम अहिले भइरहेको छ जसको लागि प्रयाप्त रकम नभएकोले सहयोगी संस्थाहरु खोजिरहेका छौँ ।

सार्वजनिक शौचालय अपेक्षा अनुसार रकम संकलन भयो भने बनाउने भनेका थियौं हुन् सकेन् , कुनै सहयोगी निकाय जुटे भने त्यो पनि बनाउने छौँ । चौरजहारी नगरपालिकाले मेला महोत्सवहरु सञ्चालन गरे वाफत लिने कर पनि नलिएको महोत्सव आयोजकले बताएको छ । रुकुममा सञ्चालन हुने महोत्सवहरुको बर्षौसम्म पनि आयव्यय सार्वजनिक नगर्ने संस्कारलाई अन्त्य गर्दै महोत्सव सञ्चालन भएको केही समयमै आयव्यय सार्वजनिक गर्नु राम्रो पक्ष भएको पत्रकार सम्मेलनमा सहभागीहरुले बताएका थिए ।





error: Content is protected !!