लजालु सुन्दरीको बोल्ड एक्सप्रेसन

ध्रुव लम्साल
बेली डान्सरका रूपमा परिचित बिनु शाक्यको मोबाइल हातमै थियो, फेसबुकमा म्यासेज आयो ।
‘बिहेको इभेन्ट छ, पर्फम गर्नुहुन्छ रु’ प्रश्न गर्ने व्यक्तिसँग बिनुको चिनाजानी थिएन । उनले सोधीखोजी गरिनन् । किनकि, अचेल प्रविधिले यति सजिलो बनाइदिएको छ । कुनै पनि कामका लागि भेटेरै ‘टेबल टक’ जरुरी छैन । सामाजिक सञ्जालले क्षणभरमै वातावरण बनाइदिन्छ । उनले सोचिन्, ती व्यक्ति कुनै कार्यक्रम आयोजक होलान् ।

‘कति बजे रु’ बिनुले प्रश्न गरिन् ।

ती व्यक्तिले जवाफ फर्काए, ‘होल नाइट ।’

बिनुले सोचिन्, सायद बिहेको कार्यक्रम रातभरि होला र त्यही बीचमा पर्फमका लागि बोलाउन खोजेका होलान् ।
‘खासमा प्रोग्राम कति बजे हुन्छ, त्यो चाहिँ मलाई भनिदिनुस्,’ बिनु स्पष्ट हुन खोजिन् ।

उताबाट उत्ताउलो शैलीमा जवाफ आयो,

‘त्यस्तो टाइम भन्ने हुन्न । तपाईं सँगसँगै अरू २र३ जना साथी पनि लिएर आउनुस् । प्रोग्राम होल नाइट हुन्छ ।’

बिनुले भनिन्, ‘म बिहेमा पर्फम गर्न तयार छु । मलाई एक घण्टा समय छुट्याइदिनू, दुईवटा पर्फम गर्छु तर रातभरि बस्न सक्दिनँ ।’
ती व्यक्तिले लोभ देखाए, ‘पैसा राम्रो आउँछ, तपाईंले भने जति तर प्रोग्राम होल नाइट हुन्छ ।’

पर्फमको प्रस्ताव राख्ने व्यक्तिको नियतमाथि बिनुलाई शंका लाग्यो । यस किसिमको प्रस्ताव पहिलो थियो उनका लागि ।
जवाफ पठाइन्, ‘मसँग कुरा गर्नुअघि एकपटक फेसबुकमा गएर मेरो प्रोफाइल चेक गर्नुस् अनि कुरा गरौंला ।’

अंग्रेजी साहित्य र मास कम्युनिकेसनमा स्नातकोत्तर गरेकी बिनुलाई केही क्षणपछि तिनै व्यक्तिले सन्देश लेख्दै भने, ‘सरी मैले गलत मान्छेसँग कुरा गरेछु । मैले तपाइलाई चिन्न सकेनछु ।’

बिनु भन्छिन्, ‘त्यसपछि उसको कुरा गर्ने शैलीमा नै परिवर्तन भयो ।’

‘बेली डान्सर’ को पहिचान बनाएकी बिनुले बिनाप्रसंगका कुरा गर्ने प्रशस्तै मान्छे भेटेकी छन् । कसले कुन भावको कुरा गर्दै छ, केही मिनेटको गफमै आशय बुझ्छिन् उनी । दर्शक एवं आयोजकको चेतनाको स्तर कति छ भन्ने पनि थाहा छ ।

अडबांगा प्रश्न गर्नेहरूसँग भेट हुँदा उनी आफैंसँग प्रश्न गर्छिन्, ‘म किन आएँ, यो क्षेत्रमा
आफ्नो प्रश्नको जवाफ आफैंसँग छ, ‘म नृत्यमार्फत कला प्रस्तुत गर्न आएकी हुँ ।’

नृत्यमा कलाकौशलको महत्व नबुझ्नेहरू र नाच्ने क्रममा युवतीको हल्लिएको ज्यान हेरेर सन्तुष्टि खोज्नेहरू पनि यही समाजमा छन् भन्ने उनलाई थाहा छ । त्यस्ता चरित्रप्रति खास गुनासो गर्दिनन् । सामाजिक चेतनाको स्तर पत्ता लगाउन विश्वविद्यालयले मात्रै सिकाएको छैन, विभिन्न कार्यक्रममा सहभागी हुँदैमा अध्ययन गरिसकेकी छन् ।

जो विद्यालय स्तरमा नौ–दस कक्षामा पढ्दै हुन्छन्, तिनीहरूले उत्साहसाथ सोध्दा रहेछन्, ‘कसरी गर्नुहुन्छ यति राम्रो नृत्य रु एउटा इन्स्टिच्युट खोलेर हामीलाई पनि सिकाउनुस् ।’

उनलाई एक शिक्षकले पटक–पटक भन्ने गरेका छन्, ‘तिमीलाई यो क्षेत्र सुहाउँदैन ।’

ती शिक्षकलाई उनको आनीबानी थाहा छ । त्यसैले भन्ने गर्छन्, ‘बेली डान्समा ओपन ड्रेस हुन्छ, ग्ल्यामर पनि । तिमी त्यो सब गर्न सक्दिनौ ।’ ती शिक्षकले दिएको सुझाव र फेसबुक म्यासेन्जरमार्फत ‘होल नाइट डान्स’ गर्न आग्रह गर्ने व्यक्तिको चरित्रबारे उनी आफंै गम खान्छिन् बेलाबेलामा । समस्याको समाधान एक हदसम्म उनको त्यही प्राज्ञिक ज्ञानले पनि पूरा गर्न सहयोग गरेको छ । ‘मलाई बुझ्नेहरूले बांगा कुरा कहिल्यै गर्दैनन्, नबुझ्नेहरूले जे पनि भन्छन्,’ उनले भनिन् ।

हरेक मान्छेको चरित्र फरक–फरक हुन्छ भन्ने बुझेकी बिनुलाई यो पनि थाहा छ, विभिन्न सन्दर्भले आफूसँग ठोक्किन आइपुगेका सबैलाई सम्झाइबुझाइ गर्न पनि सम्भव छैन । बेली डान्सका विषयमा कतिपय दर्शकलाई भ्रम भए पनि नयाँ पुस्ताले महत्व बुझेकामा मक्ख छिन् । जो विद्यालय स्तरमा नौ–दस कक्षामा पढ्दै हुन्छन्, तिनीहरूले उत्साहसाथ सोध्दा रहेछन्, ‘कसरी गर्नुहुन्छ यति राम्रो नृत्य रु एउटा इन्स्टिच्युट खोलेर हामीलाई पनि सिकाउनुस् ।’

सिन्धुपाल्चोकको लामोसाँघुमा जन्मिएकी बिनुले स्नातकसम्म गाउँमै अध्ययन गरिन् । मास्टर्स गर्न मात्रै काठमाडौं आइन् । तर, नृत्य गर्न थालेको २० वर्ष भयो ।

कतिपयले भन्छन्, ‘बिनुले नाच्नका लागि भगवान्बाट आशीर्वाद पाएकी छे ।’

स्कुलले आयोजना गर्ने कार्यक्रममा उनी नृत्य गर्थिन् । १० कक्षा पढ्दासम्म बेली डान्सबारे जानकारी थिएन । उनले सम्झिइन्, ‘कक्षा १० मा पढ्दा मलाई जन्मदिनको उपहारस्वरूप एक साथीले एउटा सीडी उपहार दियो ।’ त्यो सीडीलाई डीभीडी प्लेयरमा राखेपछि थाहा पाइन्, साकिराको डान्स रहेछ । बेली डान्सका लागि पहिलो औपचारिक स्कुल बन्यो साकिरावाला सीडी ।

त्यसपछि घरमा ढोका थुनेर साकिराकै स्टाइलमा जीउ हल्लाउन थालिन् । पछिल्ला पाँच वर्षयता धेरै स्टेजमा लचिलो कम्बर हल्लाउँदै बेली डान्स प्रस्तुत गरिसकेकी छन् । उनलाई कार्यक्रममा बेली डान्सकै लागि निम्ता गरिन्छ । सबै ठाउँमा उनी बेली डान्स गर्दिनन् । बेली डान्समा थोरै ओपन हुनैपर्छ । त्यसकारण, गाउँमा आयोजना हुने कार्यक्रममा उनी बेली डान्स गर्दिनन् ।

राम्रै संस्थामा जागरि गर्थिन् । सेवा र सुविधा राम्रै थियो तर जागिरे भएपछि कतिपय प्रस्ताव अस्वीकार गर्नुप(यो ।

‘शनिबार र आइतबार अफिस छुट्टी हुन्थ्यो । अफिस छुट्टी भएको बेला मात्रै कार्यक्रममा सहभागी हुन्थें,’ उनले भनिन् ।

जागिरे हुँदा करिअरमा असर त पर्ने होइन । आफैंले निर्णय गरिन् र जागिरे जीवनबाट बिदा लिइन् । अब उनी जुनसुकै बार पनि कार्यक्रमका लागि तयार छिन् । उनलाई भिडियोमा अभिनय गराउने वा स्टेज कार्यक्रमका लागि निम्ता गर्नेहरूले शनिबार र आइतबार कुरिरहनु जरुरी छैन ।
स्टेज कार्यक्रमको अतिरिक्त म्युजिक भिडियोबाट समेत प्रस्ताव आउन थालेको छ । यही बीचमा केही चलचित्रका लागि पनि प्रस्ताव आयो ।
‘प्रस्ताव आउँदैमा काम गरिहाल्ने योजना छैन,’ उनी भन्छिन्,

‘फिल्मको विषय युनिक हुनुपर्छ मलाई सुहाउने पनि ।’ उनलाई थाहा छ, चलचित्र र म्युजिक भिडियोमा काम गरेर मात्रै अभिनय तृष्णा मेटाउन सकिँदैन ।

कोरियोग्राफी र एकल नाटक पनि उनको कार्यसूचीमा परेको छ । स्टेज प्रस्तुतिका पनि आफ्नै खालका दुःख छन् । कुनै पनि कार्यक्रममा अनुबन्ध भइसकेपछि कार्यक्रमको प्रस्तुतिबारे आफैंले तयारी गर्नुपर्छ । ‘सबै आयोजक कलाको महŒव बुझ्ने हुँदा रहेनछन्,’ उनले भनिन् ।

कतिपय आयोजकले भन्छन्, ‘हामी पहिलोपटक कार्यक्रम गर्दै छौं । अर्कोपटक रकम बढाउँला, यसपालि थोरै पैसामा गरिदिनुस् ।’ अर्कोपटक रकम बढाउँला भन्नेहरूसँग उनको फेरि भेट हुन्न ।





error: Content is protected !!