नओथाउने फायगो ज्वालामुखी

विश्वका आश्चर्यलाग्दा ज्वालामुखीहरूमा ग्वाटेमालाको फायगो ज्वालामुखी सबैभन्दा अग्रपंक्तिमा आउँछ । यसलाई नरोकिने र नओथाउने ज्वालामुखीका रूपमा चिनिन्छ । निरन्तर विस्फोट र तप्त पदार्थका कारण यो निर्जन र निर्वनस्पती भएको उजाड तर रातो र तातो पहाडका रूपमा परिणत भएको छ । यसको वरपरका बस्तीहरू पनि कोसौं टाढासम्म खाली गरिएका छन् । ज्वालामुखी विस्फोट हुँदा यसको वरपरको बस्ती धुलो र धुवाँका कारण वर्षौं प्रभावित हुने गर्दछ । भनिन्छ, ग्वाटेमालाका २० लाख मानिस यो ज्वालामुखीको प्रत्यक्ष प्रभावमा परिरहेका छन् ।

पहिलो त फायगो ज्वालामुखी आफैंमा तप्त पदार्थ म्याग्माको विस्फोट हो । म्याग्मा भनिने तप्त पदार्थ पृथ्वीको भित्री भाग घनमण्डलमा रहेको हुन्छ । पृथ्वीको बाहिरी सतह भुत्वकमा आउँदा यो लाभा, खरानी र धुवाँधूलोका रूपमा सतहमा फैलन्छ । यसले आफ्नै खालको लाभा बर खरानीको अग्लो पहाड निर्माण गर्दछ । निस्कँदा निरन्तर विस्फोट हुने र फैलँदा आगो लगाउँदै यो अघि बढ्छ । यसलाई तातो र बलिरहेको चट्टानको बाढी वा पहिरो भनेर स्थानीयले भन्ने
गरेको पाइन्छ । दोस्रो कुरा, फायगो ज्वालामुखीलाई संसारकै एक अत्यन्त क्रियाशील ज्वालामुखी भनेर चिनिन्छ । यो सैयौं वर्षदेखि क्रियाशील छ । यसको नकारात्मक प्रभाव क्षेत्र निकै ठूलो छ । यो मध्य अमेरिकाको एक महारोग हो । यो एक वर्षभित्रै दर्जनौंपटक विस्फोट हुने गरेको छ ।

तेस्रो कुरा, विश्वमा भएका ज्वालामुखीमा सबैभन्दा धेरै फोटा यही फायगो ज्वालामुखीका छापिएका छन् र त्यो पनि संसारभरका पत्रिकामा । यो फायगो विस्फोटनलाई ज्वालमुखीको रंगशाला पनि भनिन्छ । किनकि, यसले निरन्तर अवसरहरू निकालेर विभिन्न नाटक देखाइरहने गरेको छ ।
चौथो कुरा, यो एक्लै र एकै ठाउँमा विस्फोट भइरहेको छ । यसका वरपर कतै पनि सहायक वा अन्य विस्फोट भएका पनि छैनन् र हुने सम्भावना पनि देखिएका छैनन् । एकै ठाउँमा तर पृथ्वीको निकै तल भित्र घनमण्डल वा केन्द्र मण्डलबाट यो म्याग्मा आउने गरेको विज्ञहरूले बताउने गरेका छन् । कतिपयले यो घेरा वा रिङका रूपमा विकसित हुन सक्ने भनी आँकलन र अनुमान गरिए पनि हालसम्म यी सबै आँकलन भने सिद्ध हुन सकेका छैनन् । प्रशान्त महासागरको वरिपरि रहेका देशमा देखिएको अग्निको घेरा, जो जापानमा निकै धेरै र सशक्त छ जस्तो पनि देखिँदैन ।

ज्वालामुखीमा सबैभन्दा धेरै फोटा यही फायगो ज्वालामुखीका छापिएका छन् र त्यो पनि संसारभरका पत्रिकामा । यो फायगो विस्फोटनलाई ज्वालमुखीको रंगशाला पनि भनिन्छ । किनकि, यसले निरन्तर अवसर निकालेर विभिन्न नाटक देखाइरहने गरेको छ

पाँचौं कुरा भनेको फायगो ज्वालामुखी कहिल्यै पनि अन्त्य नहुने ज्वालामुखी हो । फायगो ज्वालामुखी गएपछि उद्धारकर्ता र सहयोगीहरूले फायगो सफाइ अभियान चलाए पनि यो फेरि अर्कोपटक विस्फोट भई छाड्छ । यसलाई देवता रिसाएको भनी स्थानीयले ज्वालामुखीका भाग नबिगार्ने र सफाइ कार्यमा नजुट्ने बताउँछन् ।

यहाँ ज्वालामुखी विस्फोटनको लाभाबाट बच्न र त्यसबाट आउने भूकम्पबाट जोगिन यस वरपर आधुनिक प्रविधियुक्त संयन्त्र र साइरनहरू जोडिएका छन् । यसले स्थानीयलाई बचाउन निकै ठूलो मद्दत गरेको छ । तर, यी साइरन र संयन्त्र स्थानीय जनताको ठूलो क्षतिपछि मात्र जोडिएको स्थानीयको गुनासो रहेको छ । प्रत्येक पटकको ज्वालामुखी र यसबाट निस्किएको लाभा र ग्याँसले त्यस वरपरका जनताको स्वास्थ्यमा निकै नकारात्मक असर पारेको छ । यसको क्षतिपूर्ति र स्वास्थ्यको पुनर्लाभका लागि विशेष बजेट स्थानीय जनताले सरकारसँग माग गरिरहेका छन् ।

विश्वका संघ÷संस्थाले फायगो ज्वालामुखीबाट पीडितका लागि भनेर निकै रकम जम्मा गर्ने गरेका छन् । तर, त्यो रकमको सदुपयोग र स्थानीयका लागि भनेर खर्च गरिएको कमै पाइएकोमा स्थानीयको चर्को गुनासो छ । हालैका पछिल्ला दिनमा फायगो ज्वालामुखीबाट प्रभावित वरपरका बस्ती हटाउने भनेर स्थानीयले बसाइँसराइको माग गरिरहेका छन् । उनीहरूका अनुसार निरन्तर जनजीवन निकै असुरक्षित रहेको र उत्तिकै खतरापूर्ण पनि रहेको बताइएको छ । तर, तदनुकूलको व्यवहार ग्वाटेमाली सरकारले नदेखाएकोमा उनीहरूको तीव्र आक्रोश रहेको छ ।





error: Content is protected !!