जाजरकोटमा बाली लगाउन विशेष क्षेत्र घोषणासँगै जैविक खेती

हेमन्तकेसी
जाजरकोट , कोदो र फापरको खेती गर्न किसानहरुले छोडेपछि नलगाड नगरपालिकाद्धारा बिउँ बितरण गर्न लागिएको छ । कोदो र फापर उत्पादन हुँने क्षेत्रका किसानहरुलाइ लक्षित गरी   बीउ बितरण गर्न लागिएको हो ।
सवै भन्दा बढी मकै उत्पादन हुँने नलगाड नगरपालिकामा नयाँ पुस्ताले कोदो र फापर लगाउँन छाडेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उनले भने “ हामीले अर्गानिक खाना उत्पादनलाइ जोड दिनका लागि कोदो , फापर उत्पादनमा जोड दिएका छौ , गाउँमा बीउ नै नपाइने भएपछि किसानहरुले यि बालीहरु लगाउन छाडेका छन् ” । स्थानीयहरु बिस्तारै बजार क्षेत्रमा बसाइ सरेर गाउँहरु रिता हुँन थालेपछि अहिले अधिकांश खेती योग्य जमिन बाँझै रहेको छ । बजारमा बसेर आयातित खाद्यान्न प्रयोग गर्दा स्थानीय उत्पादन गर्ने स्थानीयबासीको बाँनी हराएको नगरप्रमुख रावलले बताए ।
रावलले थपे “नगरपालिकाले किसान मैत्री योजना ल्याएर स्थानीय अर्गानिक उत्पादनलाइ जोड दिइ पौष्ट्रिक यूक्त खाना प्रयोग गर्न किसान प्रत्साहित गर्न लागको छौ ” । लसुनको पकड क्षेत्र घोषणा गरी राम्रो उत्पादन गरेको नलगाड नगरपालिकाले मह उत्पादनमा समेत अहिले सफलता हासिल गरेको छ । त्यस्तै प्याज उत्पादनका लागि नगरपालिकाका उत्पादन क्षेत्र छनोट गरी यहि आर्थिक बर्षमा कार्यन्वय गर्न लागिएको छ । स्थानीय उत्पादन बृद्धी गर्न र आयतित बस्तुको प्रयोग कम गर्न यहाँका किसानलाइ नगरपालिकाले कृषिमा लगानी बढाउनुका साथै अनुगमणलाइ तिब्रता दिएको छ ।
किसानको जीवनस्तर सुधार नभएर सम्म नगरको आर्थिक समृद्धी नहुँने भन्दै पहिलो स्थानीय उत्पादन नै मुल कुरा भएको नगरपालिकाका प्रवक्ता राममाया हमाल शाहीले बताए । अहिले नलगाड नगरपालिकाको रोली, रग्दामा उत्पादन गरिएको लसुन जिल्लाका अन्य ठाउँमा लिएर बीउको रुपमा बिक्री, वितरण भइरहेको छ । जग्गा बाँझो राख्ने र उत्पादन नगरी बिकामे बनाउने किसानलाइ नगरपालिकाले कुनै पनि सहयोग नगर्ने बताएको छ । सुन्तलाको जोन बनाएर नगरपालिकाको डाडागाउँ र लहँमा उत्पादन गरिएका सुन्तलाहरु पाँचकाटियामा जम्म गरी व्यापारीकरणको काम सुरु भएको छ ।
उत्पादनलाइ बृद्धी गर्न कृषि प्राविधिकलाइ सक्रिय बनाइ किसानको खेतबारी अनुगमण कार्यको तिब्रता दिइएको छ । उत्पादन बृद्धी गर्नका लागि वर्षेनी उन्नत खालका बिउँको प्रयोगका साथै माटो परिक्षणको काम भएको नगरपालिका कृषि शाखाका महेशकुमार बिष्टले जानकारी दिए । माटो सुहाउदो उत्पादनमा जोड दिनका लागि किसानको खेतबारीमा गइ माटो परिक्षण थालिएको बिष्टको भनाइ छ । पौष्ट्रिक यूक्त खानाले नै हाम्रा दैनिक क्रियाकलापहरु नतिजामुखी हुँने र बिभिन्न खालका रोगहरु नलाग्ने उहाँको भनाइ छ । नलगाड नगरपालिकालाइ उत्पादनको भण्डार बनाइ अन्य ठाउँमा खाद्यान्न निर्यात गरिने योजनाका साथ काम थालिएको निर्मित प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए।
नगरपालिका भित्र बाहिरबाट आर्यतित फूलहरुलाइ प्रतिवन्ध लगाइ स्थानीय रुपमा उत्पादन गरेर मात्र प्रयोग गर्नका लागि प्रत्साहित गरिएको छ । प्रयाप्त सिँचाइ सुविधा र रोगबाट बचाउन किसानका उत्पादनमा कृषि प्राविधिक जतिखेर पनि पुग्ने नगरपालिकाले जनाएको छ ।





error: Content is protected !!