हिमालय शृंखला ः आश्चर्यजनक प्राकृतिक प्रेरणा

हिमालय विश्वको सबैभन्दा अग्लो शृंखला हो । यो विश्वको सबैभन्दा कान्छो शृंखला पनि हो । यसको अधिकांश भाग नेपालमा पर्दछ । यसका साथै, यो प्रतिवर्ष २० मिलिमिटरका दरले माथि उठिरहेको छ । किन होला ? यसका साथै, यही हिमालयबाट गहिरा गल्छी बनाएर हिम नदीहरू र नदीहरू बग्ने र विश्वका आश्चर्य लाग्दा र दुर्लभ जन्तु तथा वनस्पति पनि पाइने गरेका छन् । अधिकांश भाग नेपालमा रहेको यो हिमालय शृंखलाले भारत, पाकिस्तान, भुटान, आफगानिस्तान, चीन र नेपाललाई जोडेको छ । सबैभन्दा अग्लो भाग सगरमाथा नेपालमा पर्दछ र अन्य तेस्रो चौथोदेखि दर्जनांै हिमाल नेपालमा पर्दछन् ।
हिमालय सबैका नाम भगवानका नामबाट राखिएकाले यसलाई भगवानको भूमि ‘स्वर्ग’ पनि भनिन्छ । जेहोस्, भूस्वर्गका रूपमा रहेको हिमाल अरू कुराले पनि स्वर्ग नै रहेको छ । यसलाई बुझियो भने विश्वको ‘होलिडे ल्यान्ड’का रूपमा विकास गर्न सकिन्छ । यसको प्राकृतिक सौन्दर्य अद्वितीय छ र यस्तो विश्वमा अन्यत्र कहीँ पनि छैन ।

१, विश्वको सबैभन्दा कान्छो शृंखला
विश्वको सबैभन्दा अग्लो र सबैभन्दा कान्छो शृंखला हिमालय शृंखला हो । यो भारतीय टेक्टोनिक प्लेट र तिब्बतीय टेक्टोनिक प्लेटका बीचमा रहेको छ । हिमालयका मुनिभने खण्डखण्डमा ससाना लगभग प्रदेशसरहका चट्टानी आधारहरू छन् । तर, नेपालभरको सिंगो र अखण्ड ल्पेट भने रहेको छैन ।
त्यसैले, भारतीय तथा तिब्बतीय ल्पेटहरू एकापसमा जुध्दै जाने कारणले हिमाल प्रतिवर्ष दुई मिलिमिटर माथि उठ्ने गरेको विश्वास गरिन्छ । पहिले यो टेथिस सागर थियो । टेथिस सागर रहँदा भारत एसियासँग छुट्टिएर यो अफ्रिकासँग नजिक रहेको थियो । टेथिस सागरमाथि उठेर हिमालय बनी तिब्बत र भारतसँग जोडिएपछि भारत भौगोलिक हिसाबले एसिया महादेशमा परेको हो ।
२, यहाँ ठाडो र भिरालो जमिन छ 

अचम्मको कुरा त के पनि रहेको छ भने उचाइअनुसार हावापानीमा पनि भिन्नता आउँदै जान्छ । उचाइ माथि जाँदै गर्दा हिमालयसम्म पुगिने र तल झर्दै गर्दा सम्म परेको तराईसम्म पुगिने हुन्छ । त्यो पनि छोटो समयमा नै । तर, सिंगो हिमालयमुनि अधिकतम समशीतोष्ण हावापानी रहेको छ ।
३, हिमालयमा अद्वितीय सौन्दर्य रहेको छ 

यसमा रहेका होचा–अग्ला पहाडहरू र होचा–अग्ला हिमालले गर्दा शृंखला निकै रमणीय र मनमोहक रहेको छ । हिमालमुनि रहेका कोणधारी, पतझड र तराईको सदाबहार वनस्पतिले मन नै लोभ्याउने गरेको र वानस्पतिक विविधता ल्याउने गरेको छ ।
४, सगरमाथालाई विश्वको शिरका रूपमा लिइन्छ

भौगोलिक रूपमा यो विश्वको धुरी हो । सगरमाथा आफंैमा अद्वितीय नाम हो, त्यसैले, सगर अर्थात् आकाशमा पुगेको टाउको भनेर यसको नामकरण गरिएको हो । तिब्बती र चिनियाँहरू यसलाई चोमोलुंमा भन्ने गर्दछन् । त्यो भनेको पनि अग्लो धुरी भनिएको हो ।
५, आफंैमा प्राकृतिक भगवान
हिमालय हिन्दू परम्परा र संस्कृतिअनुसार आफंैमा भगवान हो । यसलाई गिरिराज भनेर पुकारिन्छ । गिरिराज भनेको आफंैमा भगवानको नाम हो । गिरि भनेको पहाड र राज भनेको देवता हो । यो भगवानहरूको वासस्थान हो । मानवको बस्ती भएदेखि यसको हिन्दू धर्मग्रन्थमा निकै चर्चा हुने गरेको छ । वेद, पुराण तथा रामायणदेखि महाभारतसम्मका ग्रन्थहरूमा हिमालयको बयान कतै पनि छुटेको छैन ।
६, विश्वमा पाइने विविधता हिमालयको वरिपरि पाइएको छ । यो आफंैमा आश्चर्य लाग्दो छ । उत्तरी तथा दक्षिणी गोलाद्र्धमा मात्र पाइने हिम चितुवा हिमालय वा नेपालमा पाइने गरेको छ । हिम चितुवा आफंैमा एक हिम प्राणी हो । यो जहाँतहीँ पाइँदैन ।
७ ,हिमाल आरोहणको अभ्यास मूलतः नेपालमा र अन्यत्र पनि गरिँदै आएको छ 

विश्वका मानिसहरू हिमाल चढ्ने र हिमालमा आनन्द लिने पनि गरिरहेका छन् । हालसम्म सगरमाथामा ५ हजार जना मानिस पुगेको विश्वास गरिएको छ ।
८, यहाँ विभिन्न संस्कृति र वेशभूषाका मानिस पाइन्छन्

यसका साथै, यहाँ विभिन्न धर्म र सम्प्रदायका मानिस बसोबास गर्ने गरेका छन् । सबैभन्दा आकर्षक कुरा त यहाँ बौद्ध गुम्बा नै हुन् । यी गुम्बाहरू हिमालय शृंखलाको मुनि निकै संख्यामा रहेका छन् ।
९, हिमालयको चुचुरामा रहेको हिउँ कहिल्यै पनि पग्लदैन भन्ने विश्वास गरिन्छ 

बरु यो हिउँ पहिरो तथा हिम नदीका रूपमा बग्छ भन्ने किंवदन्ती पनि र साँचो कुरा पनि हो । तर, अहिले आएर विश्व तापमानका कारणले हिउँ पग्लन थालेको भन्ने कुरा साँचो हो ।
१०, विश्वका लागि प्रेरणाको स्रोत हो, हिमाल र हिमशृंखला 

यसले प्राकृतिक सौन्दर्य मात्र नदिएर विश्वलाई माथि उल्लेख गरिएका कुरा दिएर प्रेरणाको काम गरिरहेको छ । यहाँ विविध अन्वेषणका कुरा छन् । यी कुराहरू सबैका लागि नयाँ र जहिले पनि उत्तिकै प्रेरणादायी छन्





error: Content is protected !!