श्रष्टाको सम्मान गर्न सरकार प्रतिवद्ध ः मुख्यमन्त्री शाही

प्रकाश अधिकारी
सुर्खेत, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रष्टाको सम्मान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रतिलिपि अधिकार र रोयल्टी व्यवस्थापनमा प्रदेश सरकार’ को भूमिका विषयक अन्तक्र्रियामा बोल्दै मुख्यमन्त्री शाहीले सबै पेशा, वर्ग, समुदायको हकहित संरक्षणकै लागि संघीयता आएको बताउनुभएको हो ।
‘विज्ञान प्रविधिको समुचित प्रयोग गरेर श्रष्टाले पाउनुपर्ने रोयल्टीको व्यवस्थापन गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि प्रदेश सरकार प्रतिवद्ध छ, श्रष्टाको शाख जोगाउन हामी तयार छौं ।’ श्रष्टालाई खुसी दिलाउन नसके ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता नपाउने उहाँको भनाई थियो ।
सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश कला–संस्कृतिका दृष्टिले संग्राहालय भएको दाबी गर्नुभयो । ‘कला–संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘श्रष्टाहरुको आर्थिक आधार मजबुत बनाउन पनि रोयल्टी व्यवस्थापन जरुरी छ ।’ मन्त्री रावलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा श्रष्टाको ठूलो रहेको योगदान बताउनुभयो ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यले प्रतिलिपि अधिकारको विषयले अझैं प्राथमिकता पाउन नसकेको गुनासो गर्नुभयो । ‘सिर्जनात्मक उद्योगको कूल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदान गणना हुन सकेको छैन्,’ रजिष्ट्रार आचार्यले भन्नुभयो, ‘कानून कार्यान्वयन गर्ने निकायकै बेवास्ताले प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई मद्दत पुगेको छ ।’
सङ्गीत रायेल्टी समाजका कोषाध्यक्ष लोकराज अधिकारीले प्रतिलिपि अधिकार ऐन संशोधन गर्नुपर्ने, बौद्धिक सम्पत्ति नीतिको कार्यान्वयन हुनुपर्ने, यातायात व्यवस्था निर्देशिकाको सार्वजनिक सवारीको रोयल्टीसम्बन्धी व्यवस्थामा थप स्पष्टता जरुरी रहेको बताउनुभयो ।–––





error: Content is protected !!