Hemanta KC October 30, 2018

रामचन्द्र न्यौपाने

डोल्पा

त्रिपुराकोट(डोल्पा)
बिकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र म्हेन्दुप्रर्दशनको अन्तिम तयारीमा रहेको छ।सुन्दरी,परी वा फुलको अर्थ बोेकको चलचित्र म्हेन्दुको सम्पादन,डबिङ् लगाएतको काम सम्पन्न भईसकेकाले तीहारको अवसर पारेर डोल्पामा च्यारीटी शो गर्ने र डोल्पापछि अस्ट्रेलिया,दुबई,कतार, मलेशीया, जापान, अमेरीका लगाएतका देशहरुमा समेत प्रर्दशनगर्ने निर्माणपक्षले जनाएको छ ।
नेपालका हलहरुमा माघको दोस्रोसाता पछि प्रर्दशनगर्ने बताईएको छ ।
डोल्पाको मौलिकतालाई झल्काईएको चलचित्र म्हेन्दुको छायाङ्कननेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिर,मान्छेको बली दिने ईतिहाँस बोकेको ऐतिहाँसिक क्षेत्र राजारानी लगाएतका प्रमुख पर्यटकिय गन्तब्यहरुमा गरिएको हो ।
डोल्पालीको जीवनशैली र उनीहरुको यथार्त परिदृष्यमा आधारित रहेर छायाँङन गरिएको चलचित्र म्हेन्दुले समग्र हिमाली क्षेत्रको बास्तबिकतालाई प्रतिनिधित्व गरेको छ ।
त्यतिमात्रै नभई भौगोलिक बिकटताको कारण सामान्य औषधी उपचार नपाएरै ज्यान समेत गुमाउपर्ने हिमाली महिलाहरुको बास्तबिकतालाई समेत चलचित्रले उजागरगर्न खोजेको निर्देशक देब नेपालले जानकारी दिए ।
देब नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दुलाई करिब एक करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुन प्रसाद डोटेलले बताए ।
मारोन मुभिज एण्ड ईन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दुमा स्थानीय कलाकार लक्ष्मण देबकोटा,भोला तिमल्सेना,सोनु राई,रमेश सोडारी,शान्ति घिसिङ्,चन्द्रमनी मुडभरी,कालुराना,बिन्दा थिङ,प्रतिक्षा खतिवडा,एस राज कुमार,बाबुराजा शाक्य लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
रोहित बिक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दुमा ,द्धन्द निर्देशन राजु किँरातीले गरेकाछन् भने बिमल डाँगी,सरोज कोईराला र कुमार लामा योञ्जनले चलचित्रलाई संगीतबद्ध गरेकाछन् ।
चलचित्र म्हेन्दुमा डोल्पालीको जनजिविका मात्रै नभई डोल्पाको अनुपम प्राकृतिक सौन्दर्यतालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको बताईएको छ ।
आफ्नै गाँउठाँउमा खिचिएको र डोल्पालीको दुख,पिडालाई कथात्मक ढङ्गले चलचित्रमा उतारिएकाले डोल्पालीहरु चलचित्र प्रदर्शनको बेग्र प्रतिक्षामा छन् ।
देशकै सुन्दर पर्यटकिय गन्तब्य भित्रपर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश बिदेशमा चिनाउने डोल्पालीको अपेक्षा छ ।




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!