छालाको सौन्दर्य कसरी जोगाउने

छालामा असर पर्ने धेरै कारण छन्
आफ्नो अनुहार मुलायम, दागरहित, चाउरीरहित र चम्किलो होस् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर, बिहानदेखि बेलुकीसम्म प्रत्येक दिनको जीवन, खानपान, व्यस्तता, थकान, अनिद्रा, वातावरणीय प्रदूषण, सूर्यको किरण आदिले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । फलस्वरूप अनुहारमा विभिन्न समस्या देखा पर्न थाल्छ । छाला मुलायम, चम्किलो र दागरहित बनाउन हाम्रो जीवनशैलीको मुख्य भूमिका हुन्छ । खानपानमा थोरै सुधार गर्न सकेको खण्डमा स्वास्थ्यसँगै छालामा देखा पर्ने समस्याबाट बच्न सकिन्छ । हामीले दिनमा ८ देखि १० गिलास पानी पिउँदा स्वस्थ रहन सकिन्छ ।

ग्रिन टी, विषादीरहित फलफूल, हरियो सागसब्जीको सेवनले छाला चम्किलो राख्छ । रातमा ६ देखि ८ घन्टा निदाएर सुतेमा हाम्रो स्वास्थ्यसँगै छाला बिग्रनबाट जोगिन्छ ।

तर, यतिले मात्रै पुग्दैन । हाम्रो शरीरको बाहिरी अंग भएको कारणले छालामा प्रदूषण र सूर्यको विकिरणले पनि असर गर्छ । यस्तो अवस्थामा सुरक्षाका लागि विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्न सकिन्छ । । आफ्नो छालाको प्रकारअनुसार सही तरिकाले सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । यदि सौन्दर्य सामग्री गुणस्तरीय नभएको र छालाअनुसारको प्रयोग गरिएन भने यसको परिणाम विपरीत हुन जान्छ ।

छालासम्बन्धी सौन्दर्य प्रसाधनका सामग्री
क्लिन्जिङ छालालाई सफा गर्छ ।
टोनर छालालाई ताजा बनाइराख्छ ।
मोइस्चराइजिङ क्रिम छालालाई मुलायम बनाउन सहयोग गर्छ ।
सन्सक्रिम छालालाई सूर्यको विकिरणबाट जोगाउन मद्दत गर्छ ।
नाइट क्रिम छालाअनुसार अनुहारमा केही समस्या देखिएमा सोहीअनुसारको क्रिम प्रयोग गरेमा छालाको समस्यालाई सहज बनाउँछ ।





error: Content is protected !!