Hemanta KC July 19, 2018

हेमन्त के सी
जाजरकोट , ३ सावन पहिरो जोखिम वढेपछि भेरी नगरपालिका वडा ३ र १ स्थानीय रात भरी सुत्न नसकेको बताएका छन् ।  भेरी नगरपालिका वडा १ स्याला , कल्यानपुर स्यालाका स्थानीय खड्क सुनार , डण्डवीर सुनार, वालवहादुर सुनार , ललित थापा, सरिराम सुनार, दलराज विक, प्रविण विक, बलवहादुर विक, मनोज कामी, भरत केसी , गुलाप सुनार , लालवहादुर नेपालीका घर पहिरोको जोखिममा परेका छन् । घर भन्दा माथी सडक निर्माण गरेका कारण सडकको पहिरोले घरहरु जोखिममा परेका हुँन् ।

उहाँहरु धान लगाएका सयौ मुरीका खेतहरु वाढी र पहिरोको जोखिमा परेका छन् । त्यस्तै वडा ३ सिटिजन्स वैँकमा पहिरोको जोखिममा परेको छ ।
कमान खड्का, भीमराज सिंह, तेजवहादुर खत्री लगाएकात दर्जनका घर जोखिममा परेका छन् । लगातार पानी पर्दा घर तथा खेतहरु जोखिममा परेका हुँन् । जोखिममा परेका वस्तीमा स्थानीयले आफै तारजाली खरिद गरि जाली भर्न थालेको बताएका छन् ।




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!