मलाई कसैले हटाउन सक्दैन : प्रियंका

priyankaनायिका प्रियंका चोपडाले आफूलाई बलिउडबाट कसैले हटाउन नसक्ने बताएकी छन् । निर्माताहरूले नव नायिकाको प्रवेशले पुरानाहरू विस्थापित हुन्छन् भन्ने कुराको प्रतिवाद गर्दै उनले आफूलाई कसैले विस्थापित गर्न नसक्ने बताएकी हुन् ।

विगतका विभिन्न समयमा अनेकखाले आलोचना भोग्दै आए पनि अहिले प्रियंकाको चौतर्फी ‘वाहवाही’ रहेको छ । बलिउडमा पाएको सफलताले छलांङ मारेर हलिउड पुगेकी उनको ‘क्याटिन्को’ फिल्ममा सशक्त अभिनय रहेको बताइन्छ ।

भविष्यमा अझै केही गर्न बाँकी रहेको बताउने उनी नयाँ विषयहरुमा छलफल गर्न थालेकी छिन् । उनी भन्छिन्,‘मलाई कुनै लेभलमा रहनु छैन, एकखाले विषयवस्तुबाट माथि उठ्न चाहान्छु म, म लिगेसी बन्न चाहान्छु ।’ ‘देशी गर्ल’ को रुपमा परिचीत उनी भन्छिन्,‘मधुर भण्डाकरको फिल्म ‘फेसन’ पश्चात मेरो करिअरले अर्कै मोड लियो ।

त्यस फिल्म पश्चात मेरो फिल्मका रोलहरु एकदमै मजबुत थिए जसका कारण आज म यो उचाइमा छु ।’





error: Content is protected !!