गायिका देसाइ भन्छिन्- सबै मसँग सुत्न मात्र चाहन्थे

hema-sardesaiकुनै बेला बलिउडकी चर्चित गायिकाले सनसनीपूर्ण खुलासा गरेकी छिन् । बलिउडमा ‘काष्टिक काउच’अर्थात काम पाउन सहबास गर्नु पर्ने चलन ब्याप्त रहेको भन्दै उनले आफूलाई बलिउड स्टुडियोमा हरेक पटक गिद्धे दृष्टि लगाइएको खुलासा गरेकी हुन् ।

सुन्दरताका लागि समेत चर्चित गायिका हेमा सरदेसाईले आफूसँग बलिउडमा धेरै डाइरेक्टरहरु सुत्न चाहेको समेत खुलासा गरेपछि उनको विषयमा हेडलाइन समाचार बनेका छन् ।

एक म्यागजिनसँगको अन्तर्वार्तामा उनले भनेकी छिन, “बलिउडमा खराब मान्छेहरुको भिड छ, मलाई कोहि पनि असल लागेन, म जुन स्टुडियोमा जान्थेँ त्यहाँ मलाई खराब आँखाले हेर्थे । ती मान्छेहरु मसँग सुत्न मात्र चाहन्थे ।”

सन् १९८९ मा हिन्दी चलचित्र ‘गुञ्ज’वाट बलिउडमा डेब्यु गरेकी हेमा सरदेसाईले ६० बढी हिन्दी चलचित्रमा स्वर दिएकी छिन् ।





error: Content is protected !!